रिंगटा लाग्यो ? के गर्ने, के नगर्ने ? « Khabarhub

रिंगटा लाग्यो ? के गर्ने, के नगर्ने ?


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ रिगंटा लाग्नु सामन्य हो । कमजोरी, अनिन्द्रा जस्ता कारणले क्षणिक रुपमा रिगंटा लाग्न सक्छ । तर, पटक पटक रिंगटा लाग्यो भने यसलाई सामान्य मान्नु हुदैँन ।

रिंगटा लाग्नुमा रगतमा चीनीको स्तरमा गिरावट, शरीरमा रगतको कमी, रक्तचाप आदी पनि कारक हुन सक्छ जो गम्भिर समस्याको कारण पनि बन्न सक्छ । त्यसैले रिगंटा लागेमा चिकित्सकका परामर्श लिने वा रोग बुझेर यसको निदान गर्नु पर्दछ । तर सामान्य रिगंटा लाग्दा भने के गर्ने त ?

रिगंटा लाग्दा के गर्ने, के नगर्ने ?

– रिंगटा आयो भने विस्तारै विस्तारै गहिरो सास लिने ।

– रिगंटा आउना साथ आराम साथ बस्ने ।

– केहि सहज भयो भने ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने ।

– यो बेला सकेसम्म निदाउने कोसिस गर्ने र पर्याप्त निदाउने ।

– पटकपटक रिंगटा लागे घर बाहिर एक्लै नजाने ।

– अग्ला–होचो, अध्याँरो स्थानमा हिँडडुल नगर्ने ।

– नियमित व्यायाम, योगासन गर्ने ।

– चिया, चुरोटको सेवन नगर्ने ।

– पुर्ण निको नहुन्जेल मोटरसाइकल, गाडी, स्कुटर नचलाउने ।

– चक्कर आउनसाथ कुनै शारीरिक गतिविधि नगर्ने ।

रिंगटा लाग्दा के खाने ?

– सात्विक, सुपाच्य भोजन समयमै गर्ने ।

– कमजोरीले चक्कर लागेको भए ग्लुकोज पानी घोलेर पिउने ।

– सम्भव भए अमलाको सर्वत पिउने ।

– धेरै मसलेदार वा चिल्लो खानेकुरा सेवन नगर्ने ।

– एलोपेथिक औषधि आफुखुसी सेवन नगर्ने ।

– हरेक दिन ७ गिलास पानी पिउने ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १२ : ४० बजे

रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार रेनु दाहालले

अक्षय कुमारको सुरक्षा गाडी दुर्घटनामा 

काठमाडौं– बलिउडका सुपरस्टार अक्षय कुमारको कार दुर्घटनाले सामाजिक सञ्जालमा तनावमा

राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा