फेसन डिजाइनरका कारण नागा र सामन्थाको सम्बन्धविच्छेद « Khabarhub

फेसन डिजाइनरका कारण नागा र सामन्थाको सम्बन्धविच्छेद


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुले चार वर्षको वैवाहिक सम्बन्धलाई टुंग्याए पनि उनीहरुको सम्बन्धमा टुंगिनुमा नयाँ कारणहरु बाहिर आइरहेका छन् । दुई महिनाअघिदेखि नै यो जोडीको सम्बन्ध बिग्रिरहेको खबर सार्वजनिक भइरहे पनि उनीहरुले यो विषयमा मुख खोलेका थिएनन् ।

गत सातामात्र उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिने निर्णय लिएका थिए । उनीहरुको सम्बन्धविच्छेदमा दुईवटा प्रमुख कारण मानिएको छ ।

पहिलो कुरा नागाको परिवारले सामन्थाले अभिनयलाई छोडेर पारिवारिक जीवन बिताउन दबाब दिइरहेका थिए । तर सामन्थाले यो कुरालाई मानेकी थिइनन् ।

सामन्था निकट स्रोतका अनुसार सामन्था पछिल्लो समय उनको फेसन डिजाइनर साथी प्रितम जुकालकरसँगको सम्बन्ध प्रगाढ बन्दै गइरहेको थियो । जुन कुरा उनको परिवारलाई पनि थाहा थियो । उनीहरुको सम्बन्धविच्छेद हुनुमा यसलाई प्रमुख कारण मानिएको छ ।

सामन्था र नागाको आज बुधबार चौथो वैवाहिक वार्षिकोत्सव हो । उनीहरुले सन् २०१७ को अक्टोबर ६ र ७ मा गोवामा परिवार तथा केही नजिकका साथीभाईमाझ विवाह गरेका थिए ।

सामन्था र नागा अलग्गिने निर्णय लिएपछि सामन्थाका पिता जोसेफले दुवैको निर्णयले आफ्नो दिमाग खाली भएको प्रतिक्रिया दिएका थिए । त्यस्तै नागाका अभिनेता पिता नागार्जुनले पनि छोराबुहारीको निर्णयले आफू ‘दुःखित’ बनेको बताएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १ : ४५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि