लुम्बिनी प्रदेशसभा प्रतिस्थापन विधेयक पेश « Khabarhub

लुम्बिनी प्रदेशसभा प्रतिस्थापन विधेयक पेश


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- लुम्बिनी प्रदेशसभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारबीच प्रतिस्थापन विधेयक पेश भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्कालले रु ४० अर्ब ९५ करोड ९७ लाख बराबरको नयाँ बजेट प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत गरेका हुन् ।

कूल बजेटमध्ये चालु खर्चतर्फ रु १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पूँजीगत खर्चतर्फ रु २२ करोड ४७ करोड १५ लाख रहेको छ । प्रतिशतका आधारमा कूल बजेटको ३३.३१ प्रतिशत चालु खर्चतर्फ र ५४.८७ प्रतिशत पूँजीगत खर्चतर्फ हुन आउँछ । त्यसबाहेक ११.८२ प्रतिशतअर्थात् रु चार अर्ब ८४ करोड २३ लाख स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।

पार्टीले कारबाही गरेका सांसदद्वय विमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान प्रतिपक्षी दल नेकपा एमालेले लिएको छ । यसअघि भएको बैठकमा नेकपा एमालेले नाराबाजी गरेको थियो । नाराबाजीका बीच एउटा विधेयक पारित भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : २६ बजे

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा