चर्चमा हुने गरेका बालयौन हिंसाका घटना प्रति पोपद्वारा दुःख व्यक्त « Khabarhub

चर्चमा हुने गरेका बालयौन हिंसाका घटना प्रति पोपद्वारा दुःख व्यक्त


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भ्याटिकन सिटी-  पोप फ्रान्सिसले हालै सार्वजनिक गरिएको एक प्रतिवेदनमा चर्चहरूमा हुने गरेको बाल यौनदुर्व्यवहारका घटना प्रति दुःख व्यक्त गर्दै निन्दा गरेका छन् ।

भ्याटिकन सिटीमा साप्ताहिक रूपमा आयोजित हुने भिडियो सम्बोधनका क्रममा पोपले फ्रान्सका क्याथोलिक चर्चहरूमा हुने गरेका यौनदुर्व्यवहारका घटनाले आफू लज्जित भएको बताउँदै पीडितहरूप्रति दुःख व्यक्त गरेका हुन् ।

चर्चमा हुने गरेका यस्ता निन्दनीय घटना नियन्त्रण गर्न नसकेकोमा व्यक्तिगत रूपमा र सम्बन्धित पक्षले ध्यान दिन सककेकोमा सामूहिकरूपमा समेत पोपले क्षमा याचना गरेका छन् ।

एक स्वतन्त्र आयोगले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार फ्रान्सेली क्याथोलिक पादरीहरूद्वारा १९५० देखि पछि सात दशकको अवधिमा करिब २१६,००० बालबाकिलाहरू यौनदुर्व्यवहारको शिकार भएको उल्लेख गरिएको छ। यो अत्यन्तै ठूलो घटना हो जो आजसम्म पर्दाले छोपिएको थियो।

आयोगको साढे दुई वर्षको गहन अनुसन्धानका आधारमा तयार पारिएको २,५०० पृष्ठको प्रतिवेदनले फ्रान्स र विश्वभरका क्याथोलिक चर्चमा हुने गरेका यस्ता घटनाले सबैलाई दुःखित र आक्रोशित बनाएको छ। एएफपी

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ८ : १५ बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा