चर्चमा हुने गरेका बालयौन हिंसाका घटना प्रति पोपद्वारा दुःख व्यक्त « Khabarhub

चर्चमा हुने गरेका बालयौन हिंसाका घटना प्रति पोपद्वारा दुःख व्यक्त


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भ्याटिकन सिटी-  पोप फ्रान्सिसले हालै सार्वजनिक गरिएको एक प्रतिवेदनमा चर्चहरूमा हुने गरेको बाल यौनदुर्व्यवहारका घटना प्रति दुःख व्यक्त गर्दै निन्दा गरेका छन् ।

भ्याटिकन सिटीमा साप्ताहिक रूपमा आयोजित हुने भिडियो सम्बोधनका क्रममा पोपले फ्रान्सका क्याथोलिक चर्चहरूमा हुने गरेका यौनदुर्व्यवहारका घटनाले आफू लज्जित भएको बताउँदै पीडितहरूप्रति दुःख व्यक्त गरेका हुन् ।

चर्चमा हुने गरेका यस्ता निन्दनीय घटना नियन्त्रण गर्न नसकेकोमा व्यक्तिगत रूपमा र सम्बन्धित पक्षले ध्यान दिन सककेकोमा सामूहिकरूपमा समेत पोपले क्षमा याचना गरेका छन् ।

एक स्वतन्त्र आयोगले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार फ्रान्सेली क्याथोलिक पादरीहरूद्वारा १९५० देखि पछि सात दशकको अवधिमा करिब २१६,००० बालबाकिलाहरू यौनदुर्व्यवहारको शिकार भएको उल्लेख गरिएको छ। यो अत्यन्तै ठूलो घटना हो जो आजसम्म पर्दाले छोपिएको थियो।

आयोगको साढे दुई वर्षको गहन अनुसन्धानका आधारमा तयार पारिएको २,५०० पृष्ठको प्रतिवेदनले फ्रान्स र विश्वभरका क्याथोलिक चर्चमा हुने गरेका यस्ता घटनाले सबैलाई दुःखित र आक्रोशित बनाएको छ। एएफपी

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ८ : १५ बजे

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)