प्रहरी दिवस : भण्डारीलाई शान्ति र पाण्डेलाई साहसिक पुरस्कार « Khabarhub

प्रहरी दिवस : भण्डारीलाई शान्ति र पाण्डेलाई साहसिक पुरस्कार


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीलाई ‘पूर्ण शान्ति पुरस्कार २०७८’ र साहसिक तथा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी नायब निरीक्षक सुमेश पाण्डेलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार २०७८’ प्रदान गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औँ प्रहरी दिवसका अवसरमा आज राजधानीमा आयोजित एक समारोहका बीच उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । सो क्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग पु¥याउने व्यक्ति एवं लेखकलाई सम्मान गरिएको थियो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी निरीक्षक बविन्द्र नेम्वाङ, उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायब उपरीक्षक फनिन्द्र प्रसाईँलाई पुरस्कार प्रदान गरे ।

सोही क्रममा उनले जोखिमपूर्ण कार्य गर्ने प्रहरी नायब उपरीक्षक डा जयन्ती ढुङ्गाना, प्राविधिक प्रहरी निरीक्षक निरुषा महर्जन, प्रहरी कार्यालय सहयोगीद्वय शर्मिला भुलेज र सुरज देउलालगायत पनि कदरपत्र एवं पुरस्कार प्रदान गरे ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याउने स्थानीय तहअन्तर्गत काठमाडौँ महानगरपालिका, सङ्घसंस्थातर्फ नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन, एपी १ टेलिभिजन, टुँडालदेवी ज्येष्ठ नागरिक समिति, भक्तपुर उद्योग वाणिज्य सङ्घलाई सम्मान गरिएको छ ।

प्रहरी द्वैमासिक पत्रिकामा २०७७ मा प्रकाशित लेख रचनामध्ये प्रहरीतर्फ प्रहरी निरीक्षक घनबहादुर थापा र सर्वसाधारणतर्फ काठमाडौँ बबरमहलका गम्भीरबहादुर हाडालाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो । सोही क्रममा जग्गादातालाई समेत सम्मान गरिएको थियो । प्रहरी महानिरीक्षक थापाले ६६औँ प्रहरी दिवसका उपलक्ष्यमा नेपाल प्रहरी विद्यालय साँगा काभ्रेद्वारा आयोजित राष्ट्रव्यापी चित्रकला प्रतियोगिताका विजेता खेलाडीलाई समेत पुरस्कार प्रदान गरेका थिए ।

त्यसैगरी महालक्ष्मी नगरपालिका–५ टीकाथलीका पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी, काठमाडौँ महानगरपालिका–१० दयावती रावल तथा प्रहरी कार्य तथा अनुसन्धान कार्यमा सहयोग गर्ने १२ जनालाई कदरपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पुरस्कृत हुनु कर्मको फल भएको र पुरस्कार नपाउने पनि कर्मयोगी नै हुने बताए ।

उनले सुरक्षा संयुक्त जिम्मेवारीको विषय भएकाले आम सर्वसाधारणको प्रहरीप्रति सहयोग र विश्वास हुनुपर्ने उल्लेख गर्दै स्थानीय तहसँग बढी विस्तारित भएको प्रहरीले त्रुटिरहित ढङ्गबाट कार्य सम्पादन गर्नुपर्ने बताए ।

तस्वीर- नेपाल प्रहरी

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ९ : ०१ बजे

ट्राफिक प्रहरीबाट एकै दिन दुई हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एक्रै दिन दुई हजार १७६ जना सवारीचालक

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक