प्रहरी दिवस : भण्डारीलाई शान्ति र पाण्डेलाई साहसिक पुरस्कार « Khabarhub

प्रहरी दिवस : भण्डारीलाई शान्ति र पाण्डेलाई साहसिक पुरस्कार


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीलाई ‘पूर्ण शान्ति पुरस्कार २०७८’ र साहसिक तथा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी नायब निरीक्षक सुमेश पाण्डेलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार २०७८’ प्रदान गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औँ प्रहरी दिवसका अवसरमा आज राजधानीमा आयोजित एक समारोहका बीच उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । सो क्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग पु¥याउने व्यक्ति एवं लेखकलाई सम्मान गरिएको थियो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी निरीक्षक बविन्द्र नेम्वाङ, उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायब उपरीक्षक फनिन्द्र प्रसाईँलाई पुरस्कार प्रदान गरे ।

सोही क्रममा उनले जोखिमपूर्ण कार्य गर्ने प्रहरी नायब उपरीक्षक डा जयन्ती ढुङ्गाना, प्राविधिक प्रहरी निरीक्षक निरुषा महर्जन, प्रहरी कार्यालय सहयोगीद्वय शर्मिला भुलेज र सुरज देउलालगायत पनि कदरपत्र एवं पुरस्कार प्रदान गरे ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याउने स्थानीय तहअन्तर्गत काठमाडौँ महानगरपालिका, सङ्घसंस्थातर्फ नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन, एपी १ टेलिभिजन, टुँडालदेवी ज्येष्ठ नागरिक समिति, भक्तपुर उद्योग वाणिज्य सङ्घलाई सम्मान गरिएको छ ।

प्रहरी द्वैमासिक पत्रिकामा २०७७ मा प्रकाशित लेख रचनामध्ये प्रहरीतर्फ प्रहरी निरीक्षक घनबहादुर थापा र सर्वसाधारणतर्फ काठमाडौँ बबरमहलका गम्भीरबहादुर हाडालाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो । सोही क्रममा जग्गादातालाई समेत सम्मान गरिएको थियो । प्रहरी महानिरीक्षक थापाले ६६औँ प्रहरी दिवसका उपलक्ष्यमा नेपाल प्रहरी विद्यालय साँगा काभ्रेद्वारा आयोजित राष्ट्रव्यापी चित्रकला प्रतियोगिताका विजेता खेलाडीलाई समेत पुरस्कार प्रदान गरेका थिए ।

त्यसैगरी महालक्ष्मी नगरपालिका–५ टीकाथलीका पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी, काठमाडौँ महानगरपालिका–१० दयावती रावल तथा प्रहरी कार्य तथा अनुसन्धान कार्यमा सहयोग गर्ने १२ जनालाई कदरपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पुरस्कृत हुनु कर्मको फल भएको र पुरस्कार नपाउने पनि कर्मयोगी नै हुने बताए ।

उनले सुरक्षा संयुक्त जिम्मेवारीको विषय भएकाले आम सर्वसाधारणको प्रहरीप्रति सहयोग र विश्वास हुनुपर्ने उल्लेख गर्दै स्थानीय तहसँग बढी विस्तारित भएको प्रहरीले त्रुटिरहित ढङ्गबाट कार्य सम्पादन गर्नुपर्ने बताए ।

तस्वीर- नेपाल प्रहरी

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ९ : ०१ बजे

एनपीएलमा विराटनगरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

ललितपुरमा १९औँ गोदावरी फूलको महामेला (तस्बिरहरु)

ललितपुर– तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९औँ गोदावरी

‘छ माया छपक्कै २’ को कमाइ तीन करोडमै सीमित, दीपकराज भन्छन्- ‘लगानी सुरक्षित गर्ने प्रयासमा छौँ’

काठमाडौं– दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि फिल्मले बक्स अफिसमा अपेक्षित

विराटनगरले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर

औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

काठमाडौँ– विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनले नेपाल सरकारलाई औद्योगिक