एनसेलको चाडपर्व योजना : हरेक हप्ता २२ वटा स्मार्टफोन जित्न सकिने « Khabarhub

एनसेलको चाडपर्व योजना : हरेक हप्ता २२ वटा स्मार्टफोन जित्न सकिने


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यसपालीको चाडपर्व थप उल्लासमय हुने भएको छ। एनसेलका ग्राहकले यस उत्सवका बेलामा आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन्।

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले दशैं, तिहार र छठ पर्वको अवसरमा बिहीबार (असोज २१) बाट लागू हुने गरि यो आकर्षक योजना संचालनमा ल्याउँदैछ। यस योजनामा धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्नुहुने २१ जना ग्राहकले १/१ वटा गरि हरेक हप्ता २१ वटा स्मार्टफोन पाउँनेछन्।

यस बाहेक, विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्नेछन्।

यो योजना पाँच हप्ता अर्थात कार्तिक २४ गतेसम्म संचालनमा रहनेछ। यसको मतलब योजना अवधिमा कुल ११० जना ग्राहकले स्मार्टफोन पाउनेछन्। स्मार्टफोन जित्नका लागि योग्य हुन कम्तिमा ग्राहकले माथि उल्लेखित देशहरुबाट कम्तिमा २ मिनेट आगमन कलमा कुरा गरेको हुनु पर्दछ। ब्यालेन्स रिचार्ज अन्तर्गत स्मार्टफोन जित्न योग्य हुनका लागि भने ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनु पर्दछ।

प्रत्येक हप्ता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औसत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा २१ जना स्मार्टफोन विजयी ग्राहकको नाम छानिने छ। मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदी अरबको जेन मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन्। हरेक हप्ता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकमका आधारमा १ जना ग्राहकले स्मार्टफोन पाउनेछ।

यस योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ।

स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु २० सम्म बोनस पनि प्राप्त गर्नेछन्। ग्राहकहरुले १७१२६ डायल गरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन्। विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट बोनस पाउँछन्।

यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ। ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनसमेत प्रयोग गर्न सक्छन्।

यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीहरु माझ चाडपर्वको शुभकामना आदानप्रदान गर्न र मनोरञ्जनका लागि शुक्रबार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुँदैछ। यस कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले आ–आफ्ना गीतहरु मार्फत गीतसंगीतको आनन्द दिनेछन् भने कमेडियन सुमन कार्कीको हास्यकलाले मनोरञ्जन प्रदान गर्नेछन्।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ४ : १० बजे

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी