नामी कलेजद्वारा बेलायती राजनीतिज्ञ हेलेन ग्रान्टलाई स्वागत « Khabarhub

नामी कलेजद्वारा बेलायती राजनीतिज्ञ हेलेन ग्रान्टलाई स्वागत


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वरमा रहेको नामी कलेजले बेलायती राजनीतिज्ञ तथा प्रभावशाली समाजसेवीका साथै सांसदकी सदस्य समेत भएर कार्य गरेकी हेलेन ग्रान्टलाई स्वागत गरेको छ ।

बुधबार कलेज प्राङ्गणमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा मुख्य अतिथि रहेकी हेलेन ग्रान्टले हरेक महिला विद्यार्थीले कम्तीमा १२ वर्षको गुणस्तरीय शिक्षा पाउन पर्ने तथ्यलाई देश विकासका पूर्वाधारहरु संग जोडेर व्याख्या गरिन् ।

उनले महिला शिक्षालाई जोड्दै आगामी दशकसम्म विश्वभरिका कम्तीमा पनि ४० लाख छोरीहरूलाई विद्यालयसँग जोड्ने लक्ष्य रहेको जनाइन् ।

कार्यक्रमको सभापतित्व ग्रहण गरेकी डाक्टर आरजु राणा देउवाले नेपाल-बेलायत सम्बन्धबारे चर्चा गरेकी थिइन् । उनले बेलायती नेतृत्वलाई नेपालमा जलवायु परिवर्तन लगायत अन्य क्षेत्रमा गरिएको सहयोग र साथका लागि धन्यवाद ज्ञापन गरिन् ।

डाक्टर आरजु राणा देउवाले वास्तविक धरातलमा धेरै कामहरू अझै हुन बाँकी रहेको बताउँदै शिक्षाका माध्यमले मात्र परिवर्तन र रूपान्तरण सम्भव रहेको बताइन् ।

कार्यक्रममा नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटको पनि उपस्थिति रहेको थियो । उनले नेपाल-बेलायत सम्बन्धका साथसाथै नेपाली शिक्षाको स्तर उन्नतिका लागि हरेक पक्षबाट पैरवी गरिनुपर्ने कुरामा जोड दिइन् ।

नामी कलेजले नर्थहेम्पटन विश्वविद्यालय बेलायतसँगको साझेदारीमा विश्वस्तरीय सङ्काय, पाठ्यक्रम र डिग्रीहरू सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ५ : १८ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता