लेनिनले पाएको सफलता | Khabarhub Khabarhub

लेनिनले पाएको सफलता


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुसको क्रान्तिपछि लेनिन रुसको पहिलो शासक बने । त्यसपछि उनले माक्र्सको साम्यवादी राज्यको कल्पनालाई साकार रुप दिए ।

बालककालदेखि नै लेनिन गम्भीर तथा विचारशील थिए । खेलमा उनको रुचि थिएन । साथै केटाकेटीसँग पनि एकदमै कम मात्रै खेल्थे । युवा कालमा पनि उनको संगीत, कविता, धर्म आदिमा कुनै चाख थिएन । शायद कम रुचि कै कारण लेनिन महान बन्न सफल भए । किनकि उनले सम्पूर्ण शक्ति आफ्नो एउटै लक्ष्यमा एकाग्र भएर लाग्न प्रयोग गरे ।

सन् १८८७ मा लेनिनका दाइलाई त्यहाँका राजाको हत्याको षड्यन्त्र रचेको आरोपमा मृत्युदण्ड दिइयो । त्यही वर्ष लेनिनलाई एउटा विद्यार्थी आन्दोलनमा सहभागी भएको आरोपमा विश्वविद्यालयबाट निष्कासन गरियो । घरमै बसेर उनले कानूनको अध्ययनका साथै कार्ल माक्र्सको दास क्यापिटलको पनि अध्ययन गरे । यसले उनलाई ज्यादै प्रभावित गर्‍यो ।

क्रान्तिपछि सन् १९१७ मा लेनिन रुसका शासक बने । शासक बने पछि पनि उनले सादा जीवन उच्च विचारको सिद्धान्तलाई अनुकरणीय रुपमा लागु गरिरहे । यो समय चिनीको अभाव थियो । त्यसैले लेनिनले पनि चिनी विना नै चिया पिउने निर्णय गरे । उनले सेक्रेटरी राखेर आफू विलासी नबन्ने निर्णय गरे । उनी आफ्नो चिठी आफै लेख्थे भने १८ देखि २० घण्टा सम्म काम गर्दथे ।

जब लेनिनलाई पक्षघात भएर दाहिने हात नचल्ने भयो, तब उनले देब्रे हातले लेख्न सिके । २ वर्षसम्म लेनिन मृत्युसँग संघर्ष गर्दै रहे । त्यस वेला पनि उनी बारम्बार भन्थे अझै पनि मेरा कति धेरै काम बाँकी छन् ?
साभारः ‘सफलता’ पुस्तकबाट

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ५ : ४६ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं