ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ? « Khabarhub

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउबारे नेपाली कांग्रेस मौन रहेको छ ।

एमालेले पार्टी अध्यक्ष ओलीको पक्राउबारे भावी रणनीति तय गर्न सचिवालयको आकस्मिक बैठक राखिरहँदा कांग्रेस भने नेता लेखकको विषयमा मौन देखिएको छ । कांग्रेसले अहिलेसम्म यस विषयलाई लिएर छलफल तथा औपचारिक बैठक डाकेको छैन ।

कांग्रेसले आज आफ्ना नवनिर्वाचित सांसदहरुका लागि ‘संसदीय सचेतना’ कार्यक्रम गर्दैछ । उक्त कार्यक्रमपछि पक्राउको घटनामा आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए ।

हिजो बसेको बालेन शाह नेतृत्वको नवगठित सरकारले गत भदौमा भएको जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज बिहान ओली र लेखक पक्राउ परेका हुन् ।

जेनजी आन्दोलनका बेला मुलुकको प्रधानमन्त्रीमा ओली र लेखक गृहमन्त्री थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ११ : १३ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान