बाँसले बजार पाउन थालेपछि आम्दानी लिँदै किसान « Khabarhub

बाँसले बजार पाउन थालेपछि आम्दानी लिँदै किसान


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– सडकको पहुँच पुगेपछि खेर गइरहेको तेह्रथुमको गाउँगाउँमा रहेको बाँसले बजार पाउन थालेको छ । जिल्लाको ग्रामिण क्षेत्रमा अधिक मात्रामा भएको बाँसले बजार पाउन थालेको हो ।

गाउँमा सामान्य डोको, डालो, थुन्से, नाम्लोलगायतका सामाग्री बनाएर बिक्री गर्दा आएका किसानहरू बाँसले बजार पाउन थालेपछि आम्दानी लिन थालेका छन् । गाउँका बस्तीहरूमा सडक सञ्जालहरू जोडिएसँगै यहाँका बाँसले मूल्य पाउन थालेको हो ।

करेसाबारी बार्न र सामान्य घरमा दाउरको रूपमा मात्र प्रयोग हुँदै आएको बाँस बिक्री हुन थालेपछि किसानहरू खुसी भएका छन् । बाँस बिक्रीबाट मात्र यो साल एक लाख ५० हजार आम्दानी लिएको ओख्रेका धनपती ढकालले बताए ।

‘बार लगाउन, दाउरा पोल्न, केही घरगोठ बनाउनका लागि मात्र प्रयोग गर्थ्यो, प्रयोग नभएको बाँस कुहिएर जान्थ्यो । तर, अहिले बजार पाएपछि हामीले राम्रो आम्दानी लिएका छौ’, ढकाल भन्छन् ।

ढकालजस्तै म्याङलुङका १० का पुकराज लिम्बूले बाँस बिक्रीबाट राम्रै आम्दानी लिएका छन् । बाँसले बजार मात्र पाएको छैन, गाउँमा कामको खोजीमा भौँतारिरहेका युवाहरू रोजगार बनेका छन् । रोजगार नहुँदा क्याराम बोर्ड, लुँडो र घरकै काममा रहेका युवाहरूले रोजगार पाउँदा परिवारमा गर्जो टार्नसमेत सहज भएको स्वस्तीका लिम्बूले बताइन् ।

केही वर्षअघिसम्म जंगलमै कुहिएर गएको बाँस यतिबेला यहाँका किसानको आम्दानीको स्रोत बनेको छ । प्रति गोटा ३० देखी ५० रुपैयाँसम्म व्यापारीहरूले खरिद गर्दै आएका छन् ।

जिल्लाको गाउँ गाउँमा रहेको बाँस काठमाडौं, काभ्रेको पाँचखाललगायत विभिन्न स्थानहरूमा निर्यात हुन थालेको छ । घर निमार्ण तथा तरकारी खेतीका लागि बाँस निर्यात हुने गरेको नविन ढकालले बताए । बाँस बिक्री हुन थालेपछि खाली जमिनहरूमा किसानहरूले बाँस रोप्न थालेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ३ : ४८ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत