दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक « Khabarhub

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई चाडपर्वको रौनकतासँग जोड्ने प्रयास गरेको छ । कार्तिक १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको दसैँ विशेष गीत ‘रातो टीका’ सार्वजनिक गरिएको हो।

बाबुल गिरीको स्वर, शब्द र संगीत रहेको गीतमा गायिका बबी लिम्बुले पनि स्वरमा साथ दिएकी छन् । नाच्न मिल्ने शैलीमा तयार पारिएको गीतले दसैँमा टीका लगाएपछि परिवार, आफन्त र गाउँघरमा देखिने खुसी तथा रमाइलो वातावरणलाई पर्दामा उतारेको छ।

गीतको भिडियोमा फिल्मका कलाकारहरू कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, लक्ष्मीनाथ तिमिल्सिना, विनिता बस्नेतलगायतको अभिनय देख्न सकिन्छ। लिङ्गे पिङ, सजाइएका घर, सफा आँगन र गाउँघरको परिवेशले गीतलाई अझै दसैँमय बनाएको छ । विशेषगरी दसैँमा गाउँ फर्किने, आफन्तसँग भेटघाट गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने नेपाली परम्पराको झल्को गीतमा देखिन्छ।

रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा शाही फिल्म प्रोडक्सन र विशआई फिल्मसको सहकार्य छ । मदन थापाको निर्देशन रहेको फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायत कलाकारको अभिनय छ।

प्रेम थापा र गणेश उपाध्यायको लेखन रहेको फिल्ममा निरज कँडेल डीओपी छन् भने विशेष महर्जन र जयन्द्र कुँवरले छायांकन गरेका छन्। फिल्ममा एनबी महर्जनको एक्सन निर्देशन छ। रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता तथा आरम्भ रिजाल सह–निर्माता छन्।

दसैँको पारिवारिक माहोललाई केन्द्रमा राख्दै सार्वजनिक गरिएको ‘रातो टीका’ले ‘परिवार’को कथामा पनि पारिवारिक सम्बन्ध र चाडपर्वको रंग कत्तिको जोडिएको छ भन्ने संकेत गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ११ : ३२ बजे

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै