मूल गणनाको तयारी पूरा | Khabarhub Khabarhub

मूल गणनाको तयारी पूरा


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– राष्ट्रिय जनगणना २०७८ अन्तर्गत यस जिल्लामा पनि यही कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म मूल गणना हुने भएको छ । यसका लागि तयारी पूरा भएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

तीन सय १५ गणकलाई तालिम दिएर कात्तिक २५ गतेदेखि काम गर्ने गरी आवश्यक सामग्रीसहित कार्यक्षेत्रमा खटाइसकिएको र उनीहरुसँगै ८० सुपरीपेक्षक पनि सहभागी हुने भएका छन् । उनले भने, “गणकलाई जनगणनाका बेला गर्नुपर्ने कार्यका विषयमा कात्तिक १३ देखि १६ सम्म तालिम दिइएको थियो ।”

उनले भने, “कात्तिक २३ र २४ गते सुपरीपेक्षकले गणकलाई कार्यक्षेत्र देखाउनेछन्, कोही नछुट्ने गरी गणक खटाउनेछौँ ।”

चार दिनको तालिममा गणकहरूलाई मूल गणनाका लागि गर्नुपर्ने कामका बारेमा जानकारी दिइएको र जनगणनालाई प्रभावकारी बनाउन सबै तयारी पूरा भएको जनाइएको छ । छनोट भएका ३१५ गणकमध्ये दशरथचन्द, पाटन, मेलौली र पुर्चौंडी नगरपालिकामा क्रमशः ६५,३६, २७ र ४० जना खटिएका छन् ।

यस्तै सुर्नयामा २५, दोगडाकेदारमा २८, डिलाशैनीमा २८, सिगासमा २६ शिवनाथ तथा पञ्चेश्वर गाउँपालिकामा २१/२१ गणक खटिएका छन् । गणकले प्रश्नावलीसहित घरघरमै गएर परिवारमूलीबाट सूचना सङ्कलन गर्ने बताइएको छ । असीवटा प्रश्नसहित गणक घरघरमा पुग्ने भएकाले सही सूचना दिन पनि सबैसँग आग्रह गरिएको छ ।

जनगणनालाई प्रभावकारी बनाउनका लागि जिल्ला जनगणना कार्यालयका साथै जिल्लाका चार ठाउँमा स्थानीय जनगणना कार्यालयसमेत सञ्चालनमा ल्याइएका छन् ।

भदौ ३० देखि असोज १८ गतेसम्म सञ्चालन भएको राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । पहिलो चरणमा ४९ हजार ७६१ परिवार सूचीकृत भएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ३ : ०८ बजे

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत