मूल गणनाको तयारी पूरा « Khabarhub

मूल गणनाको तयारी पूरा


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– राष्ट्रिय जनगणना २०७८ अन्तर्गत यस जिल्लामा पनि यही कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म मूल गणना हुने भएको छ । यसका लागि तयारी पूरा भएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

तीन सय १५ गणकलाई तालिम दिएर कात्तिक २५ गतेदेखि काम गर्ने गरी आवश्यक सामग्रीसहित कार्यक्षेत्रमा खटाइसकिएको र उनीहरुसँगै ८० सुपरीपेक्षक पनि सहभागी हुने भएका छन् । उनले भने, “गणकलाई जनगणनाका बेला गर्नुपर्ने कार्यका विषयमा कात्तिक १३ देखि १६ सम्म तालिम दिइएको थियो ।”

उनले भने, “कात्तिक २३ र २४ गते सुपरीपेक्षकले गणकलाई कार्यक्षेत्र देखाउनेछन्, कोही नछुट्ने गरी गणक खटाउनेछौँ ।”

चार दिनको तालिममा गणकहरूलाई मूल गणनाका लागि गर्नुपर्ने कामका बारेमा जानकारी दिइएको र जनगणनालाई प्रभावकारी बनाउन सबै तयारी पूरा भएको जनाइएको छ । छनोट भएका ३१५ गणकमध्ये दशरथचन्द, पाटन, मेलौली र पुर्चौंडी नगरपालिकामा क्रमशः ६५,३६, २७ र ४० जना खटिएका छन् ।

यस्तै सुर्नयामा २५, दोगडाकेदारमा २८, डिलाशैनीमा २८, सिगासमा २६ शिवनाथ तथा पञ्चेश्वर गाउँपालिकामा २१/२१ गणक खटिएका छन् । गणकले प्रश्नावलीसहित घरघरमै गएर परिवारमूलीबाट सूचना सङ्कलन गर्ने बताइएको छ । असीवटा प्रश्नसहित गणक घरघरमा पुग्ने भएकाले सही सूचना दिन पनि सबैसँग आग्रह गरिएको छ ।

जनगणनालाई प्रभावकारी बनाउनका लागि जिल्ला जनगणना कार्यालयका साथै जिल्लाका चार ठाउँमा स्थानीय जनगणना कार्यालयसमेत सञ्चालनमा ल्याइएका छन् ।

भदौ ३० देखि असोज १८ गतेसम्म सञ्चालन भएको राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । पहिलो चरणमा ४९ हजार ७६१ परिवार सूचीकृत भएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ३ : ०८ बजे

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका