तीन महिनामा फरार ४७ अभियुक्त पक्राउ « Khabarhub

तीन महिनामा फरार ४७ अभियुक्त पक्राउ


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी अदालतलाई बुझाएको हो ।

प्रहरीले चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असोजसम्मको अवधिमा फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । सबैभन्दा बढी भदौमा २३ अभियुक्तलाई पक्राउ गरिएको छ ।

यस्तै असोजमा १९ तथा साउनमा पाँच अभियुक्तलाई पक्राउ गरिएको खनालले बताए । उनीहरुबाट रु एक करोड ५२ लाख ४७ हजार जरिवाना असुल गरिएको छ ।

अन्य फरार अभियुक्तलाई समेत पक्राउ गरिने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । गत आवमा प्रहरीले ८० फरार अभियुक्तलाई पक्राउ गरेको थियो। उनीहरूबाट रु ७१ लाख ८६ हजार जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  १२ : ०९ बजे

विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : न्युजिल्यान्ड सात विकेटले पराजित

काठमाडौं – आईसीसी विश्वकपमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको

विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम

आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल फागुन ३ गते आइतबार फागुन