विमान दुर्घटनामा ब्राजिलीयन गायिका मारिलियाको निधन « Khabarhub

विमान दुर्घटनामा ब्राजिलीयन गायिका मारिलियाको निधन


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियो द जेनेरियो(अमर उजाला)– ब्राजिलकी लोकप्रिय गायिका मारिलिया मेण्डोंकाको शुक्रबार एक विमान दुर्घटनामा निधन भएको छ । ‘द क्वीन अफ सफरिङ’ नामले परिचित ‘ल्याटिन ग्रामी’ विजेता मारिलिया केवल २६ वर्षको थिइन् ।

कन्ट्री म्यूजिकको लोकप्रिय युवा स्टारमध्ये एक मारिलिया ब्राजिलमा नै हुने एक सांगीतिक कार्यक्रममा सहभागिता जनाउन गएकी थिइन् । उनको विमान ब्राजिलको गोइयानिया शहरबाट कैरेटिंगा जाँदै थियो । दुर्घटनामा गायिकाका अलावा अन्य चार व्यक्तिको पनि निधन भएको छ । जसमा उनको एक काका पनि थिए । विमानमा एक निर्माता र अन्य दुई विमानका क्रु सदस्य थिए । विमान के कारणले दुर्घटनामा पर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

मारिलियाले शुक्रबार बेलुका ब्राजिलको कैरेटिंगामा सांगीतिक प्रस्तुति दिने कार्यक्रम थियो । गायिकाले घटना हुनुभन्दा केही समय अघि एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । जुन भिडियो अहिले भाइरल भइरहेको छ ।

भिडियोमा उनी निजी विमानमा बोर्ड गर्ने तयारी गरिरहेकी छन् । उनको फ्यान फलोइङ करोडौं छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  १ : ४५ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री