विमान दुर्घटनामा ब्राजिलीयन गायिका मारिलियाको निधन | Khabarhub Khabarhub

विमान दुर्घटनामा ब्राजिलीयन गायिका मारिलियाको निधन


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियो द जेनेरियो(अमर उजाला)– ब्राजिलकी लोकप्रिय गायिका मारिलिया मेण्डोंकाको शुक्रबार एक विमान दुर्घटनामा निधन भएको छ । ‘द क्वीन अफ सफरिङ’ नामले परिचित ‘ल्याटिन ग्रामी’ विजेता मारिलिया केवल २६ वर्षको थिइन् ।

कन्ट्री म्यूजिकको लोकप्रिय युवा स्टारमध्ये एक मारिलिया ब्राजिलमा नै हुने एक सांगीतिक कार्यक्रममा सहभागिता जनाउन गएकी थिइन् । उनको विमान ब्राजिलको गोइयानिया शहरबाट कैरेटिंगा जाँदै थियो । दुर्घटनामा गायिकाका अलावा अन्य चार व्यक्तिको पनि निधन भएको छ । जसमा उनको एक काका पनि थिए । विमानमा एक निर्माता र अन्य दुई विमानका क्रु सदस्य थिए । विमान के कारणले दुर्घटनामा पर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

मारिलियाले शुक्रबार बेलुका ब्राजिलको कैरेटिंगामा सांगीतिक प्रस्तुति दिने कार्यक्रम थियो । गायिकाले घटना हुनुभन्दा केही समय अघि एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । जुन भिडियो अहिले भाइरल भइरहेको छ ।

भिडियोमा उनी निजी विमानमा बोर्ड गर्ने तयारी गरिरहेकी छन् । उनको फ्यान फलोइङ करोडौं छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  १ : ४५ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई