आर्यनको मुद्धाबाट हटाइए समीर | Khabarhub Khabarhub

आर्यनको मुद्धाबाट हटाइए समीर


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– लागुऔषध मामलामा जेलमा रहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जमानतमा रिहा भइसकेका छन् । यद्यपि उनीमाथि खतराको बादल अझै मडारिइरहेको छ ।

आर्यन शुक्रबारमात्रै एनसीबीको भवनमा हाजिरीको लागि उपस्थित भएका थिए । यहीबीचमा आर्यनको मुद्धासँग जोडिएको एक नयाँ खबर सार्वजनिक भएको छ । समाचारअनुसार आर्यनको लागुऔषध मुद्धाबाट एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेलाई हटाइएको छ ।

समीरलाई हटाइएपछि आर्यनसहित ६ व्यक्तिको मुद्धा अब एनसीबीको केन्द्रीय टिमलाई हस्तान्तरण गरिएको छ ।

यो मामलामा आर्यन खान, नवाब मलिकका ज्वाइँ समीर खानका अलावा इकबाल कासकर, अरमान कोहली, कश्मीर ड्रग्स केस सामेल छन् । यद्यपि समीर आफ्नो पदमा भने रही रहनेछन् । उनले मुम्बई एनसीबीको जोनल डाइरेक्टर पद नै सम्हाल्नेछन् ।

यो मामलामा समीर मुम्बईमा रहेर दिल्लीको मुख्यालयलाई रिपोर्टिङ गर्नेछन् । अब समीरले कुनै पनि आगामी मुद्धामा काम गर्नु अघि दिल्ली मुख्यालयको अनुमति लिनुपर्नेछ ।

‘एनसीबीको कुनै पनि अफिसरलाई उसको पदबाट हटाइएको छैन । विशेष आदेश नआउञ्जेलसम्म एनसीबी अहिलेकै रुपमा काम गर्नेछ । समीरले अगाडि पनि एनसीबीमा रहेर यही पदमा काम गर्नेछन्’, एनसीबीका डेपुटी डिरेक्टर जनरल अफ अपरेसन सञ्जय सिंहले भनेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  २ : १५ बजे

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको

हावाहुरीसँगै परेको चट्याङले एकको मृत्यु, करोडौंको क्षति

उदयपुर– आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन