सिएरालियोनमा इन्धन ट्याङ्कर विष्फोट, कम्तिमा ८४ जनाको मृत्यु « Khabarhub

सिएरालियोनमा इन्धन ट्याङ्कर विष्फोट, कम्तिमा ८४ जनाको मृत्यु


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रिटाउन– अफ्रिकी मुलुक सिएरालियोनको राजधानी फ्रिटाउनमा एक इन्धन ट्याङ्कर विष्फोट हुँदा कम्तिमा ८४ जनाको मृत्यु भएको छ ।

सिएरा लियोनको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी एनडीएमएका सञ्चार निर्देशक मोहम्मद लमराने बाहले दिएको जानकारीका अनुसार विस्फोटमा कयौं मानिस घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

बाहका अनुसार घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । गम्भीर घाइतेको अवस्था हेर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको उनले जानकारी दिए । घटनास्थलमा उद्धारकार्य सकिएको छ । दुर्घटनाको कारणको खोजी भइरहेको जनाइएको छ ।

इन्धन भरिएको ट्याङ्करमा भएको विस्फोटको आवाज सहरभन्दा निकै परसम्म सुनिएको थियो भने आगोको ज्वाला नजिकका बस्तीमा फैलिएको थियो । आगोका कारण लामो समयसम्म घटनास्थलमा पुग्न नसकिएको स्थानीय अधिकारीहरूले जानकारी दिए । एजेन्सी

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ५ : ३५ बजे

विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : न्युजिल्यान्ड सात विकेटले पराजित

काठमाडौं – आईसीसी विश्वकपमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको

विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम

आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल फागुन ३ गते आइतबार फागुन