एक दृश्यका लागि अमिताभको ४५ टेक « Khabarhub

एक दृश्यका लागि अमिताभको ४५ टेक


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनबाट एक फिल्मका लागि उत्कृष्ट दृश्य लिन निर्देशकले उनलाई ४५ टेक लिएका छन् । करिब दुई घण्टाको अथक प्रयासपछि यो दृश्यको छायांकन पुरा भएको हो ।

प्रख्यात फिल्म ‘शराबी’का लागि अमिताभले यो कडा मेहनत गरेका हुन् । सन् १९८४ मा रिलिज यो फिल्मको निर्देशन प्रकाश मेहराले गरेका थिए । फिल्मको संवाद कादर खानले र संगीत बप्पी लहरीले दिएका थिए । फिल्मको एक संवाद ‘शराबकी बोतल पर अगर में लेबल की तरह चिपक गया हुँ, तो इस लेबल को चिपकाने वाले आप हैं’ अहिले पनि उत्तिकै लोकप्रिय छ ।

यो फिल्म अघि अमिताभ र प्रकाशको जोडी ‘जञ्जीर’मा हिट भएका थिए । यसपछि पुनः उनीहरुले ‘शराबी’मा सहकार्य गरेका हुन् । फिल्ममा अमिताभ एक धनी बाबुका छोरा हुन्छन् । उनका पिताको भूमिका प्राणले निभाएका थिए ।

फिल्मको एक दृश्यमा प्राण छोरा अमिताभको पार्टीमा कुनै एक पाहुनालाई भेटाउछन् । प्राणले भेटाएका व्यक्तिलाई अमिताभले अंकमाल गर्छन् । दृश्यमा अमिताभ र दारुवालाको स्वर नमिलेपछि उनले पटक पटक रिटेक लिनु परेको थियो । फिल्ममा दुुवैको आवाज मिलाउनको लागि निर्देशकलाई निकै हम्मे परेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ६ : ०६ बजे

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही