एक दृश्यका लागि अमिताभको ४५ टेक « Khabarhub

एक दृश्यका लागि अमिताभको ४५ टेक


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनबाट एक फिल्मका लागि उत्कृष्ट दृश्य लिन निर्देशकले उनलाई ४५ टेक लिएका छन् । करिब दुई घण्टाको अथक प्रयासपछि यो दृश्यको छायांकन पुरा भएको हो ।

प्रख्यात फिल्म ‘शराबी’का लागि अमिताभले यो कडा मेहनत गरेका हुन् । सन् १९८४ मा रिलिज यो फिल्मको निर्देशन प्रकाश मेहराले गरेका थिए । फिल्मको संवाद कादर खानले र संगीत बप्पी लहरीले दिएका थिए । फिल्मको एक संवाद ‘शराबकी बोतल पर अगर में लेबल की तरह चिपक गया हुँ, तो इस लेबल को चिपकाने वाले आप हैं’ अहिले पनि उत्तिकै लोकप्रिय छ ।

यो फिल्म अघि अमिताभ र प्रकाशको जोडी ‘जञ्जीर’मा हिट भएका थिए । यसपछि पुनः उनीहरुले ‘शराबी’मा सहकार्य गरेका हुन् । फिल्ममा अमिताभ एक धनी बाबुका छोरा हुन्छन् । उनका पिताको भूमिका प्राणले निभाएका थिए ।

फिल्मको एक दृश्यमा प्राण छोरा अमिताभको पार्टीमा कुनै एक पाहुनालाई भेटाउछन् । प्राणले भेटाएका व्यक्तिलाई अमिताभले अंकमाल गर्छन् । दृश्यमा अमिताभ र दारुवालाको स्वर नमिलेपछि उनले पटक पटक रिटेक लिनु परेको थियो । फिल्ममा दुुवैको आवाज मिलाउनको लागि निर्देशकलाई निकै हम्मे परेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ६ : ०६ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको