भारतको महाराष्ट्रस्थित अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु « Khabarhub

भारतको महाराष्ट्रस्थित अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत महाराष्ट्रको अहमदनगर जिल्लास्थित जिल्ला अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

सिभिल अस्पतालको आईसीयूमा आगो लाग्दा उक्त दुर्घटना भएको हो । अहमदनगरका जिल्ला कलेक्टरले सो वार्डमा १७ जना कोराना संक्रमितको उपचार भइरहँदा आगलागी भएको बताएका छन् । उनले ती मध्ये १० जनाको मृत्यु भएको बताएका छन् । उनले विद्युत शर्ट हुँदा आगलागी भएको दाबी गरेका छन् ।

घटनापछि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले छानबनिको आदेश दिएका छन् । मृतकका आफन्तले सफाइका लागि ३ घण्टासम्म ढोका बन्द हुँदा क्षति भएको बताएका छन् । एजेन्सी

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ६ : ३५ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय