आफ्नै पितालाई मार्न चाहन्थे विल स्मिथ « Khabarhub

आफ्नै पितालाई मार्न चाहन्थे विल स्मिथ


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(एबीपी लाइभ)– तपाईं जीवनमा जति नै सफल हुनुहोस्, तर जोकोहीको जीवनमा केही न केही यस्ता घटना हुन्छन्, जसले उसलाई जहिल्यै पछ्याइरहन्छ । सन् २००१ मा बक्सर मोहम्मद अलीको बायोपिक ‘अली’का लागि ‘ओस्कार अवार्ड’को मनोनयनमा परेका अभिनेता तथा ¥यापर विल स्मिथले यस्तै एउटा कुराको खुलासा गरेका छन् । जुन खुलासाले सबै आश्चर्य चकित भएका छन् ।

विल हलिउडको लोकप्रिय कलाकारमा पर्दछन् । उनी अभिनयका लागि विश्वका दर्शकमाझ लोकप्रिय छन् । तर सायद कमैलाई मात्र थाहा होला कि विलको जीवनमा एउटा यस्तो मोड आएको थियो । जुन मोडमा उनी आफ्नो पितालाई मार्न चाहन्थे ।

विलले आफ्नो बाल्यकालमा एउटा यस्तै कुरा खुलाएका छन्, जो आम रुपमा कुरा गर्न चाहदैनन् । विलका अनुसार बाल्यकालदेखि पिताको मृत्यु अघिको समयसम्म पितालाई घृणा गर्थे । उनले आफ्नो पिता कस्तो मदिराको अम्मली थिए र दिनहुँ आफ्नो पत्नीलाई कसरी कुट्थे भन्ने कुरा बताएका छन् ।

विल सानोमा यी सबै कुरा हेर्थे र ठूलो भएपछि यसको बदला लिन्छु भनेर सोच्थे । यस्तो मौका उनले कैयौं पटक पाए । तर उनका पितालाई क्यान्सर भयो । उनी निकै बिरामी थिए र विलले नै उनको स्याहारसुसार गरेका थिए ।

‘एकरात मैले पितालाई ह्विलचेयरमा राखेर कोठाबाट बाथरुमतर्फ लैजादै थिएँ । त्यहाँ सिढी थियो । त्यो देख्दा पितालाई त्यहीबाट लडाइदिउँ कि भन्ने सोच आयो । त्यो बेला कोही पनि मानिसहरु म जस्तो ठूलो स्टारलाई शंका गर्दैनन् भन्नेमा म ढुक्का थिए । मलाई त्यो बेला केवल पिताको पुरानो व्यवहार दिमागमा आइरहेको थियो । म नहुँदा उनले मेरो आमालाई कसरी यातना दिन्थे भन्ने कुरा दिमागमा आइरहन्थ्यो । त्यसपछि म त्यहाँ रोकिएँ र चुपचाप बाथरुमतिर गएँ’, उनले भनेका छन् ।

विलको पिताको निधन सन् २०१६ मा भएको थियो । पिताबारेको कुरा उनले आफ्नो किताबमा खुलासा गरेका हुन् ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ७ : ०० बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु