आफ्नै पितालाई मार्न चाहन्थे विल स्मिथ | Khabarhub Khabarhub

आफ्नै पितालाई मार्न चाहन्थे विल स्मिथ


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(एबीपी लाइभ)– तपाईं जीवनमा जति नै सफल हुनुहोस्, तर जोकोहीको जीवनमा केही न केही यस्ता घटना हुन्छन्, जसले उसलाई जहिल्यै पछ्याइरहन्छ । सन् २००१ मा बक्सर मोहम्मद अलीको बायोपिक ‘अली’का लागि ‘ओस्कार अवार्ड’को मनोनयनमा परेका अभिनेता तथा ¥यापर विल स्मिथले यस्तै एउटा कुराको खुलासा गरेका छन् । जुन खुलासाले सबै आश्चर्य चकित भएका छन् ।

विल हलिउडको लोकप्रिय कलाकारमा पर्दछन् । उनी अभिनयका लागि विश्वका दर्शकमाझ लोकप्रिय छन् । तर सायद कमैलाई मात्र थाहा होला कि विलको जीवनमा एउटा यस्तो मोड आएको थियो । जुन मोडमा उनी आफ्नो पितालाई मार्न चाहन्थे ।

विलले आफ्नो बाल्यकालमा एउटा यस्तै कुरा खुलाएका छन्, जो आम रुपमा कुरा गर्न चाहदैनन् । विलका अनुसार बाल्यकालदेखि पिताको मृत्यु अघिको समयसम्म पितालाई घृणा गर्थे । उनले आफ्नो पिता कस्तो मदिराको अम्मली थिए र दिनहुँ आफ्नो पत्नीलाई कसरी कुट्थे भन्ने कुरा बताएका छन् ।

विल सानोमा यी सबै कुरा हेर्थे र ठूलो भएपछि यसको बदला लिन्छु भनेर सोच्थे । यस्तो मौका उनले कैयौं पटक पाए । तर उनका पितालाई क्यान्सर भयो । उनी निकै बिरामी थिए र विलले नै उनको स्याहारसुसार गरेका थिए ।

‘एकरात मैले पितालाई ह्विलचेयरमा राखेर कोठाबाट बाथरुमतर्फ लैजादै थिएँ । त्यहाँ सिढी थियो । त्यो देख्दा पितालाई त्यहीबाट लडाइदिउँ कि भन्ने सोच आयो । त्यो बेला कोही पनि मानिसहरु म जस्तो ठूलो स्टारलाई शंका गर्दैनन् भन्नेमा म ढुक्का थिए । मलाई त्यो बेला केवल पिताको पुरानो व्यवहार दिमागमा आइरहेको थियो । म नहुँदा उनले मेरो आमालाई कसरी यातना दिन्थे भन्ने कुरा दिमागमा आइरहन्थ्यो । त्यसपछि म त्यहाँ रोकिएँ र चुपचाप बाथरुमतिर गएँ’, उनले भनेका छन् ।

विलको पिताको निधन सन् २०१६ मा भएको थियो । पिताबारेको कुरा उनले आफ्नो किताबमा खुलासा गरेका हुन् ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ७ : ०० बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा