राप्रपाको ६५ जिल्लामा अधिवेशन सम्पन्न « Khabarhub

राप्रपाको ६५ जिल्लामा अधिवेशन सम्पन्न


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला अधिवेशन जारी राखेको छ । जिल्ला अधिवेशन कात्तिक २३ गतेभित्र सम्पन्न गर्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी दिइएको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।

तेह्रथुम, सङ्खुवासभालगायत केही जिल्लामा प्रतिनिधि छनोटका विषयमा विवाद छ । पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले विवाद समाधान गरेको थियो ।

पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो । प्रदेश र क्षेत्रीय समितिका अध्यक्ष, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यका रुपमा महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ । ती सदस्यले मतदान गर्न पाउने तर उम्मेदवार बन्न भने पाउने छैनन् ।

पार्टीले कात्तिक २६ गतेभित्र सक्रिय सदस्यको नामावली जिल्लामा पठाउने र सातवटै प्रदेशसभाबाट प्रदेश कार्यसमितिको निर्वाचन कात्तिक २८ गते गर्न उक्त समितिलाई निर्देशन दिएको छ । सक्रिय सदस्यको दाबी विरोध यही कात्तिक २७ देखि २९ गतेसम्म गर्न समयसीमा तोकिएको छ । सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी मङ्सिर १ देखि ३ गते गर्ने, जिल्ला कार्यसमितिसँग समन्वय गरी प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्ने कार्यसूची तय गरेको छ ।

पार्टीले महाधिवेशनको तयारीका लागि विभिन्न नौ समिति गठन गरी सम्बन्धित नेतालाई जिम्मेवारी तोकेको छ । गठन गरिएका समितिमा सामाजिक कार्यपत्र तयारी समिति, आर्थिक कार्यपत्र तयारी समिति, राजनीतिक कार्यपत्र तयारी समिति, कार्यक्रम तथा व्यवस्थापन समिति, भोजन व्यवस्था समिति, स्वास्थ्य समिति, प्रचारप्रसार समिति, स्वागत समिति र स्वयंसेवक परिचालन समिति छन् । सक्रिय सदस्यको नामावली पार्टीको वेबसाइट तथा जिल्ला पार्टी कार्यालयमा राखी सार्वजनिक गर्नुपर्ने छ भने अन्तिम नामावली ३० गते प्रकाशन गर्न निर्वाचन समितिलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ७ : २९ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत