पुरुष भलिबल : दोस्रो चरणका लागि १६ खेलाडी छनोट « Khabarhub

पुरुष भलिबल : दोस्रो चरणका लागि १६ खेलाडी छनोट


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बंगलादेशमा आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघ (एनभिए) ले दोस्रो चरणका लागि १६ खेलाडी छनोट गरेको छ ।

मुख्य प्रशिक्षक हान एबिङले प्रारम्भिक टोलीमा रहेका २० खेलाडीबाट दोस्रो चरणमा १६ खेलाडी छनोट गरेका हुन् । पहिलो चरणका छनोटबाट चार खेलाडी बाहिरिएका छन् । जसमा झमन सिंह दर्जी, दिल बहादुर सुनार, विजय थापा र दुर्गा महतो १६ भित्र पर्न असफल भए ।

भलिबल च्याम्पियनसिप आगामी २१-२९ डिसेम्बरसम्म सञ्चालन हुँदैछ । संघले अन्तिम १२ सदस्यीय टोली घोषणा अर्को साता हुने जनाएको छ ।

१६ सदस्यीय टोलीमा इमबहादुर राना, हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, धिरज बस्नेत, टेकराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरव बम, दीपकराज जोशी, विशाल विक, सरन सामरी क्षेत्री, रवीन चन्द, विनोद चन्द र ईश्वर थापा रहेका छन्।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ३१ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।