रक्सी खाने पिताका छोराले शिक्षकलाई यसो भने (भाइरल भिडियो) « Khabarhub

रक्सी खाने पिताका छोराले शिक्षकलाई यसो भने (भाइरल भिडियो)


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मदिरा पिउने र नशामा डुबिरहने कतिपय अभिभावकका कारण छोराछोरीले राम्रो शिक्षा नपाएको कैयौँ प्रसङ्गहरू छन्। भारतमा पनि यस्तै प्रकारको एक घटना सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

ट्विटरमा भाइरल भिडियोमा एक बालक (विद्यार्थी)लाई कक्षा कोठामा शिक्षकले सोध्छन्, ५ दिन अघि किताब किन्न भनेको थियो किन नकिनेको ? शिक्षकको प्रश्नमा ती बालक आँखाबाट बरर आशु झार्दै जवाफ दिन्छन्, मैले बुवालाई भने तर किनिदिनु भएन, बरु सधैँ रक्सी खानुहुन्छ ।

ती बालकले रुदैँ रुदैँ दिएको जवाफ पछि कक्षा कोठामै आइपुगेका ती बालकका पितालाई ती शिक्षकले हप्काउँदै सोध्छन् रक्सी खानुहुन्छ तर किन किताब किन्दिनु हुन्न । शिक्षकको प्रश्नमा ती पिता आफूले रक्सी नखाने बताउँछन् । तर सोही कक्षामा रहेकी ती बालककी बहिनीले पनि पिताले रक्सी खाएर किताब नकिन्दिएको बताउँछिन् ।

यो भिडियो भारतको बिहारस्थित रोहतास जिल्लाको तिलौथू प्रखण्डको सरकारी स्कूल उत्क्रमित मध्य विद्यालयको हो । शिक्षकले ती बालक र बालिकालाई बसाउँदै उनीहरूका पितालाई किताब किन्न अह्राउँछन् । साथै घरमा पिताले कुटे स्कुलमा आएर भन्न र त्यसो गरे प्रहरीलाई उजुरी गर्ने चेतावनी दिन्छन् ।

 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : ३८ बजे

चीनबाट तेस्रो चरणको राहत सामग्री र थप १० फरेन्सिक विज्ञ नेपाल आइपुगे

काठमाडौं– चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण

भोटेकोशी बाढीपीडितका लागि टंक सापकोटाको ५१ लाख सहयोग

पोर्चुगल– टंक सापकोटाले ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग

नेतान्याहुलाई आफ्नै राजनीतिक आधारमा मत विभाजनको चुनौती

जेरुसेलम- अक्टोबर २७ मा हुने आमनिर्वाचनमार्फत पुनः सत्तामा फर्कने प्रयासमा रहेका

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी

संसदमै लडे सांसद खड्का

काठमाडौं– नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधि सभा बैठकमै ढलेका