अछामका कैदीबन्दीहरूका लागि सीपमूलक तालिम « Khabarhub

अछामका कैदीबन्दीहरूका लागि सीपमूलक तालिम


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामका कैदीबन्दीहरूको लागि सीपमूलक तालिम सञ्चालन गरिने भएको छ ।

सीपमूलक तालिमको सुदूरपश्चिम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उद्घाटन गरेकी हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ६ लाख आर्थिक सहयोगमा होजियारी, बाँसका मुढा, सिलाइकटाइ, हाते कढाइसम्बन्धी कैदीबन्दीहरूलाई तालिम दिइने भएको छ ।

मन्त्री जोशीले कारगारमा रहँदा सिकेको सिपलाई कैदमुक्त भएपछि व्यवहारमा रुपान्तरण गरी जीविकोपार्जन तथा व्यवसायीक हिसावमा सहज बनाउन कैदीबन्दीलाई तालिम दिन लागेको बताइन् ।

साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले कारागारलाई बन्दी जिवनका रूपमा नलिइ सुधार गृहका रूपमा लिनुपर्नुमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले कानूनको पालना गर्दै कारागारभित्रै सिपमूलक तालिम लिनाले कैदमुक्त भएपछि समाजमा पुनर्स्थापना हुन सहज हुने  बताए ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १२ : ०० बजे

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा