राजदूतका लागि सिफारिस व्यक्ति समावेशी भएन : संसदीय सुनुवाइ समिति « Khabarhub

राजदूतका लागि सिफारिस व्यक्ति समावेशी भएन : संसदीय सुनुवाइ समिति


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले राजदूतहरूको सिफारिस समावेशी नभएको जनाएको छ ।

प्रस्तावित राजदूतको सुनुवाइका लागि सोमबार समितिको बैठक बसेको हो । सो बैठकमा कांग्रेसकी सांसद पुष्पा भुसालले उजुरीको सूचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्नुपर्ने बताइन् ।

‘सुनुवाइ समितिले राजनीति नियुक्तिका लागि गरिने सिफारिसमा गम्भीर रूपमा लिनु जरूरी छ । उजुरी लिनुभन्दा पहिले नै समावेशिताको प्रश्न उठ्नुपर्ने हो । तर, प्रक्रियाअघि बढिसकेपछि बोल्नु अलि उपयुक्त हुँदैन,’ उनले भनिन्,’उजुरीको सूचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्न सकिन्थ्यो । आगामी दिनमा गम्भीरतापूर्वक हेर्नुपर्छ ।’

एमालेका सांसद सुमनराज प्याकुरेलले राजदूत नियुक्तमा  समावेशीबारे प्रश्न उठाएका छन् ।

‘समावेशी नगरी गरिने राजदूत नियुक्तिमा समितिको ध्यान जानुपर्छ । समावेशिताको प्रश्न गम्भीर उठ्यो, के कसो सरकारसँग जानकारी मागौँ । अर्को बैठक बसेर सुनुवाइ अगाडि बढाउँ,’ उनले भने ।

समितिका सभापति लक्ष्मणलाल कर्णले राजदूत नियुक्तिमा कानून बमोजिम मात्रै भनेको स्मरण गराउँदै अबको सिफारिस समावेशी गराउन सरकारलाई निर्देनश दिने बताए ।

‘विगतका सरकारबाट समावेशी प्रतिनिधित्वबारे जवाफ आएन । यो विषय अहिले थाती राखेर निर्णय प्रक्रियामा जान्छौँ । बाँकी कुरा कानून बमोजिम हुनेछ । समावेशी विषयमा हामी आफैँ चिन्तित छौँ । धेरैपल्ट सरकारलाई निर्देशन गरिसक्यौँ,’ उनले भने, ‘सरकारले के गर्ने हो थाहा छैन । यसको हामी सुनुवाइ गरेर निर्णय गरौँ ।’

११ कात्तिमा बसेको मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरेको थियो ।

समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि बैठक बोलाए पनि कोरम नपुगेपछि यसअघिका बैठक स्थगित भएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १२ : ५० बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले