२६ प्रतिशत नेपालीमात्र बीमाको पहुँचमा « Khabarhub

२६ प्रतिशत नेपालीमात्र बीमाको पहुँचमा


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बीमाको पहुँच बढाउनका लागि बीमा समितिले स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य शुरू गरेको छ ।

प्रदेश तथा स्थानीय सरकारका कार्यक्रमहरूमा बीमालाई पनि सँगै जोडेर लगेमा पहुँच विस्तार हुने भन्दै छलफल थालेको हो ।

कृषि तथा पशु, लघु बीमा विस्तारका लागि प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारका प्रतिनिधि र उच्च अधिकारीहरूसँग छलफल गर्न थालिएको समितिका प्रवक्ता निर्मल अधिकारीले जानकारी दिए ।

‘बीमाको पहुँच विस्तार गर्नका लागि प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ’, अधिकारीले भने, ‘त्यसैका लागि समितिले प्रदेश र स्थानीय तहमा लविङ गर्न थालेको हो ।’

गत साता बाग्मती प्रदेशमा छलफल गरेको समितिले आइतबार प्रदेश १ का उच्च अधिकारीहरुसँग छलफल गरेको छ । यसअघि चालु आर्थिक वर्षमै समितिले दुई दर्जन स्थानीय तहहरूसँग समेत छलफल गरेको छ ।

घर तथा पूर्वाधार निर्माण गर्दा नक्सा पास, व्यवसायी दर्ता, प्रदेश तथा स्थानीय सरकारले व्यवसाय गर्नका लागि अनुदान दिँदा बीमा अनिवार्य गर्न समितिले आग्रह गर्दै आएको छ । घर, पूर्वाधार तथा व्यवसायका बीमा भएमा प्राकृतिक विपत्तीको अवस्थामा क्षतिपूर्तिको दायित्व सरकारलाई नपर्ने समितिले जनाएको छ ।

हाल संघीय सरकारले नै बजेटमा घोषणा गरी कृषि तथा पशुधनको बीमा गर्दा कुल प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्था लागू गरेको छ । तर, सर्वसाधारणमा भने अझै सरकारले अनिवार्य गरेको तेस्रो पक्ष बीमा, वैदेशिक रोजगारी म्यादी बीमा र बैंकबाट ऋण लिनका लागि मात्र बीमा गर्ने प्रचलन बढी छ ।

समितिका अनुसार गत २०७८ असोजसम्ममा जनसंख्याको आधारमा २४ दशमलव ७६ प्रतिशत नेपालीहरूको पहुँचमा मात्र बीमा पुगेको छ । यसअवधिसम्मा जीवन बीमा कम्पनीले ९० लाख नौ हजार २७७ बीमालेख जारी गरी ३८ अर्ब १८ करोड बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी निर्जीवन बीमा कम्पनीले सात लाख ३० हजार ९७७ बीमा लेख जारी गर्दै नौ अर्ब ६९ करोड बीमाशुल्क उठाएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  २ : ४० बजे

राँके—भेडेटार सडक : म्याद थप हुन्छ, प्रगति हुँदैन

पाँचथर — पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडकखण्ड निर्माण

बनेपामा कौसी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालनमा

काभ्रे – बनेपा नगरपालिकाले कौसी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याएको

सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ आजदेखि

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती

राजनीतिमा सेवाभाव हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले

‘सरकारले विद्युतलाई महत्व नै दिएन’

ऊर्जा क्षेत्रमा हाम्रा धेरै चुनौती छन् । फाइनान्सदेखि वितरण लाइनहरू,