२६ प्रतिशत नेपालीमात्र बीमाको पहुँचमा « Khabarhub

२६ प्रतिशत नेपालीमात्र बीमाको पहुँचमा


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बीमाको पहुँच बढाउनका लागि बीमा समितिले स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य शुरू गरेको छ ।

प्रदेश तथा स्थानीय सरकारका कार्यक्रमहरूमा बीमालाई पनि सँगै जोडेर लगेमा पहुँच विस्तार हुने भन्दै छलफल थालेको हो ।

कृषि तथा पशु, लघु बीमा विस्तारका लागि प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारका प्रतिनिधि र उच्च अधिकारीहरूसँग छलफल गर्न थालिएको समितिका प्रवक्ता निर्मल अधिकारीले जानकारी दिए ।

‘बीमाको पहुँच विस्तार गर्नका लागि प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ’, अधिकारीले भने, ‘त्यसैका लागि समितिले प्रदेश र स्थानीय तहमा लविङ गर्न थालेको हो ।’

गत साता बाग्मती प्रदेशमा छलफल गरेको समितिले आइतबार प्रदेश १ का उच्च अधिकारीहरुसँग छलफल गरेको छ । यसअघि चालु आर्थिक वर्षमै समितिले दुई दर्जन स्थानीय तहहरूसँग समेत छलफल गरेको छ ।

घर तथा पूर्वाधार निर्माण गर्दा नक्सा पास, व्यवसायी दर्ता, प्रदेश तथा स्थानीय सरकारले व्यवसाय गर्नका लागि अनुदान दिँदा बीमा अनिवार्य गर्न समितिले आग्रह गर्दै आएको छ । घर, पूर्वाधार तथा व्यवसायका बीमा भएमा प्राकृतिक विपत्तीको अवस्थामा क्षतिपूर्तिको दायित्व सरकारलाई नपर्ने समितिले जनाएको छ ।

हाल संघीय सरकारले नै बजेटमा घोषणा गरी कृषि तथा पशुधनको बीमा गर्दा कुल प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्था लागू गरेको छ । तर, सर्वसाधारणमा भने अझै सरकारले अनिवार्य गरेको तेस्रो पक्ष बीमा, वैदेशिक रोजगारी म्यादी बीमा र बैंकबाट ऋण लिनका लागि मात्र बीमा गर्ने प्रचलन बढी छ ।

समितिका अनुसार गत २०७८ असोजसम्ममा जनसंख्याको आधारमा २४ दशमलव ७६ प्रतिशत नेपालीहरूको पहुँचमा मात्र बीमा पुगेको छ । यसअवधिसम्मा जीवन बीमा कम्पनीले ९० लाख नौ हजार २७७ बीमालेख जारी गरी ३८ अर्ब १८ करोड बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी निर्जीवन बीमा कम्पनीले सात लाख ३० हजार ९७७ बीमा लेख जारी गर्दै नौ अर्ब ६९ करोड बीमाशुल्क उठाएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  २ : ४० बजे

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६