आगामी चुनावमा माओवादी पहिलो दल : महरा « Khabarhub

आगामी चुनावमा माओवादी पहिलो दल : महरा


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने बताएका छन् ।

उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय  उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले अहिले यो दल दुप्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा विसं २०६४ कै अवस्थामा फर्कने बताएका हुन् ।

अन्य दलमा जस्तो यस दलमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उहाँले आदीवासी, जनजाति, घले, गुरूङ,  सबैक्षेत्रको वृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताए । माओेवादीले  ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उनले स्थानीय समुदाय माझ आग्रह पनि गरे ।

टुक्रिएर गएका  डा बाबुराम भटृराई, बैध, विप्लव समेतका साथीलाई एकता गराउन सौहार्दपूर्ण वातावरणमा वार्ता अगाडि बढिसकेकाले रसुवा जिल्लामा पनि अन्यत्र गएका सबै साथी छिट्टै मूलघारमै प्रवेश गरी नेकपा माओवादीलाई अत्यधिक मत दिएर उचाइमा पुर्‍याउने महराले विश्वास व्यक्त गरे ।

उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपा परित्याग गरी  माओवादीमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो । महराले आइतबार नै रसुवागढी नाकाकोसमेत स्थलगत अवलोकन गर्नाका साथै  कोरोना सङ्क्रमणका कारण उत्पन्न असरका बारेमासमेत जानकारी लिए ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ४ : १० बजे

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट

पत्रकारलाई तर्साउन मिडिया हाउसअगाडि ‘सरकारकै मान्छेको योजना’मा शंकास्पद गाडी, छानबिन गर्न माग

काठमाडौं- काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर

गण्डकी प्रदेशमा सर्पदंशका बिरामी वृद्धि

मध्यविन्दु- गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्पदंशका घटनाको उच्च जोखिममा