कांग्रेस अधिवेशन : कान्छी उम्मेदवार डा. खान लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित | Khabarhub Khabarhub

कांग्रेस अधिवेशन : कान्छी उम्मेदवार डा. खान लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशनमा कान्छी उम्मेदवार बनेर चर्चामा आएकी २४ वर्षीया डा. अलविरा खानले चुनाव जितेकी छन् ।

बाबुको प्रेरणाबाट राजनीतिमा लागेकी खानले ८८१ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनले आफ्ना प्रतिष्पर्धी जन्तुल धुनियालाई २९२ मतले पछाडि पारेकी थिइन् ।

डा. खान यसअघि कपिलवस्तुको निर्वचन क्षेत्र नम्बर ३ प्रदेशसभा ख बाट लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रतिनिधि चुनिएकी थिइन् । रामचन्द्र पौडेल समूहको प्यानलबाट उम्मेदवारी दिएकी उनी प्रदेश समिति सदस्यमा विजयी भएकी हुन् ।

विजयी भएपछि प्रतिक्रिया दिँदै कपिलवस्तुको कृष्णनगरकी बासिन्दा खानले आफ्नो चिकित्सकीय पेसा र पार्टी राजनीतिलई एकसाथ अगाडि बढाउने बताइन् । मुस्लिम समुदयका महिलामा राजनीतिप्रतिको चेतना जगाउने काममा आफूले भूमिका खेल्ने उनको भनाइ छ ।

डा. खान १३औं महाधिवेशनमा पनि प्रतिनिधि निर्वाचित भएकी थिइन् । उनले विद्यालय पढ्दादेखि नै नेविसंघमा रही राजनीति सुरू गरेकी थिइन् । डा. खानले एमबीबीएस पूरा गरेकी छन् । ‘अझै बिरामीको उपार सुरु गरेकी छैन, अब नेपालमै इन्टर्न गरेर उपार सुरु गर्छु’, उनले भनिन् ।

उनका बुबा अकिल मियाँ यसअघिका कांग्रेसका क्षेत्रीय सभापति हुन् । अहिले केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन् । राजनीतिमा युवा र महिला सहभागिता वडा तहबाट नै बढ्दै गएको र यसले आशाको सञ्चार समेत जगाएको उनले बताइन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ३ : २५ बजे

ट्यारिफ युद्धविरामको भोलिपल्ट सीको सार्वजनिक वक्तव्य : धम्की र प्रभुत्ववादले एक्लोपन निम्त्याउँछ

काठमाडौं – संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार युद्धमा करसम्बन्धी

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक