नेप्सेमा दोहोरो अंकको वृद्धि, चार अर्ब ५४ करोडको कारोबार « Khabarhub

नेप्सेमा दोहोरो अंकको वृद्धि, चार अर्ब ५४ करोडको कारोबार


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर दुई हजार पाँच सय ४६ दशमलब ८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज दुई सय २७ कम्पनीको ६९ हजार आठ सय ८८ कित्ता शेयर खरिदबिक्री हुँदा कुल चार अर्ब ५४ करोड २३ लाख ४५ हजार दुई सय ७१ रुपैयाँको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी नविल बैंकको शेयर कारोबार भएको छ । यस बैंकको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज सबै समूहको सूचकमा हरियाली छाए पनि तीन दशमलव ४५ प्रतिशतभन्दा माथि पुग्न सकेका छैनन् । आज उच्च नाफा कमाउनेमा मेरो माइक्रो फाइनान्स वित्तिय संसथाका लगानीकर्ताहरू रहेका छन् ।

यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आज जनउत्थान सामुदायिक लघुवित्त र न्यादी हाइड्रो पावरको शेयर मूल्यमा उच्च गिरावट आएको छ । जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।

 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ३ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै