धनुषामा ३२ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप « Khabarhub

धनुषामा ३२ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा जिल्लामा ३२ प्रतिशत नागरिकले मात्रै कोरोनाको पूर्णखोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय धनुषाले सोमबार जारी गरेको तथ्यांक अनुसार अहिलेसम्म जिल्लाका ३२ प्रतिशत नागरिकले पूर्ण र ३६ प्रतिशतले एक डोज लगाएका छन् ।

जिल्लाको कूल जनसंख्या ८ लाख ४७ हजार ८ सय मध्ये अहिलेसम्म खोपको पहिलो मात्रा १ लाख ७३ हजार ८४ र दोस्रो मात्रा १ लाख ३७ हजार ६४ जना गरि जम्मा ३ लाख १० हजार १४८ जनाले लगाएका छन् ।

जसमध्ये १८ वर्षभन्दा माथिको उमेर समूहका १ लाख ३७ हजार ६४ जना र १२ देखि १७ वर्ष उमेर समूहका १ हजार ७ सय व्यक्ति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका ४ लाख १८ हजार ९२३ र १२ देखि १७ वर्ष उमेर समूहका ९४ हजार ४३२ जना अझै खोप लगाउन बाँकी रहेका छन् ।

जिल्लामा कोभिसिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन, एस्ट्राजेनेका र फाइजर गरि पाँच प्रकारका खोप लगाइएको छ। धनुषामा कोरोना विरुद्धको खोप लगाउन छुटेकालाई अगामी मंसिर २४ देखि २८ गतेसम्म लगाइने जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जानकारी दिएको छ ।

धनुषाका खोप अधिकृत राजदेव यादवले कोरोनाविरुद्धको भेरोसेल खोप १ लाख व्यक्तिलाई दिने कार्यक्रम रहेको बताए । जिल्लाका ६३१ वटा खोप केन्द्रहरु मार्फत् खोप लगाइने उनले बताए । एउटा खोप केन्द्रमा १ जना खोप लगाइदिने व्यक्ति र २ जना सहयोगी तथा जिल्लाका १ सय ६९ वटै वडामा त्यति नै संख्यामा खोप सुपरभाइजरसमेत परिचालन गरिएको उनले बताए ।

विगतमा १ डोज लगाएका व्यक्तिहरुले पनि दोस्रो डोज लगाउन सक्ने उनले बताए । स्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख युगल किशोर यादवले निर्धक्क भएर खोप लगाउन सर्वसाधारणमा आग्रह गरेका छन् । १८ वर्ष र सो भन्दा माथिका सबै नागरिकलाई स्वास्थ्य कार्यालयमा नै खोपको पहिलो र दोस्रो मात्रा मंसिर १६ देखि लगाउन थालिएको र २९ गतेसम्म लगाउन सकिने उनले जानकारी दिए। न्युजकारखाना

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ४० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन