६९ लाख स्रोत नखुलेको प्रकरणमा विइङ ह्युमनको प्रष्टीकरण : सहकारीको पैसा हो « Khabarhub

६९ लाख स्रोत नखुलेको प्रकरणमा विइङ ह्युमनको प्रष्टीकरण : सहकारीको पैसा हो


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले आइतबार काठमाडौँको दरबारमार्गस्थित विइङ ह्युमन क्लोथिङ पसलमा छापा मारी ६९ लाख ५० हजार नगद रुपैयाँ स्रोत नखुलेको फेला पारेको थियो । सो विषयमा प्रष्टीकरण दिँदै विइङ ह्युमनले सोमबार सो रकम सहकारीबाट ऋण लिएको र व्यापारबाट आर्जन भएको दाबी गरेको छ ।

आइतबार प्रहरीले सो रकमको स्रोत खुल्न नसकेको भन्दे रकमसहित एकजनालाई पक्राउ गरेको थियो । तर, ह्युमनले भने सो पसलसँग सम्बन्धित एकजनाले जग्गा किन्न सहकारीबाट ऋण लिएको पैसा र पसलको पैसा भएको बताएको छ ।

विइङ ह्युमन भारतीय अभिनेता सलमान खानले स्थापना गरेको सामाजिक संस्था हो । विइङ ह्युमन नेपाल क्लोथिङ पनि सो सामाजिक संस्थासँग सम्बन्धित छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : ०७ बजे

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफलको सङ्केत

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन