सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजङ्ग पाण्डेले लिए शपथ « Khabarhub

सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजङ्ग पाण्डेले लिए शपथ


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिभिल बैंकको संचालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष संचालक प्रताप जङ्ग पाण्डेले शपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएका थिए।

अध्यक्ष प्रताप जङ्ग पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतवद्धता व्यक्त गरेका छन् ।

बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरुमा अझ सशक्त रुपमा अगाडि बढाउदै लग्नुका साथै डिजिटाइजेशनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरु प्रारम्भ भैसकेको अवस्था रहेको तथा यसलाई थप प्रभावकारी बनाई अगाडि बढनुपर्ने धारणा राखेका थिए ।

बैंकका सबै सरोकारवालाहरुको हित हुने गरी सम्मानजनक मर्जरको लागि बैंक सदैव तयार रहेको हुनाले बैंकले अन्य बैंक मर्जर गर्न वा सबै पक्षको हित हुने गरी सम्मानजनक मर्जरको लागि खुला रहेको धारणा समेत राखेका थिए।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : २७ बजे

अनशनरत निकोलस भुसालको स्वास्थ्य बिग्रिएपछि वीर अस्पताल लगियो

काठमाडौं– विभिन्न माग राख्दै अनशनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या

भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण

काठमाडौं– भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी

चुनावी खर्चबारे आएका समाचारमा निर्वाचन आयोगको स्पष्टिकरण

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन खर्चसम्बन्धी विषयमा हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति

बिल बीजकबिनाका करिब १५ लाख बराबरका मोबाइल पार्ट्स बरामद

काठमाडौं– बिल बीजकबिनाका करिब १५ लाख रुपैयाँ बराबरका मोबाइलका पार्ट्स

बुधबार १० अंकले बढ्यो नेप्से, ५ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अंकले बढेको छ