श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला « Khabarhub

श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

गत पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेपश्चात् फरार रहेका उनी बुधबार गाउँकै जङ्गलमा झुण्डिएर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पात्ले (कटुस)को रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्था स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।

फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गत पुस ९ गते मध्यरात धनबहादुरले टाउकोमा बञ्चरोले प्रहार गर्दा दुर्गादेवीको मृत्यु भएको थियो । घटनापछि फरार धनबहादुरलाई प्रहरीले खोजी गर्दै आएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ९ : ३० बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी