एलएलबीको सिट संख्या ६ सय मात्रै « Khabarhub

एलएलबीको सिट संख्या ६ सय मात्रै


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग काठमाडौँमा एलएलबी पढ्न ६ सय मात्र कोटा निर्धारण भएको छ ।

पहिलो वर्षमा पढ्न प्रवेश परीक्षा पनि उत्तिर्ण गर्नुपर्ने भएको छ। क्याम्पसले सूचना जारी गर्दै निकालेर प्रवेश परीक्षा फारम भरिसकेका विद्यार्थीको प्रवेश परीक्षाको कार्यतालिका निकालेको छ।

जसअनुसार माघ १७ गते शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रवेश परीक्षा हुने क्याम्पसले जनाएको छ।

परीक्षा केन्द्र पनि तोकिसकिएको छ। नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग, शंकरदेव क्याम्पस पुतलीसडक र महेन्द्ररत्न क्याम्पस ताहाचलमा परीक्षा केन्द्र तोकिएको छ।

क्याम्पसले शैक्षिक वर्ष २०७५/०७६ को एलएलबी पहिलो वर्षका पढ्न प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने भनेको छ।

‘एलएलबी तह प्रथम वर्षमा नेपाल ल क्याम्पसका लागि समावेशी कोटासहित विद्यार्थी सिट संख्या ६ सय निर्धारण भई आएकोले उक्त संख्यामा भर्नाका लागि प्रवेश परीक्षा लिई उत्तिर्ण विद्यार्थीलाई भर्ना लिनु भनी निर्देशन बमोजिम तीन वर्षे एलएलबी पहिलो वर्षका लागि प्रवेश परीक्षा फारम भरेका विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने,’ सूचनामा भनिएको छ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ९ : ४५ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज