ट्रम्पको फेसबुक अकाउन्ट २४ घण्टालाई बन्द « Khabarhub

ट्रम्पको फेसबुक अकाउन्ट २४ घण्टालाई बन्द


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल फेसबुक अकाउन्ट २४ घण्टाका लागि बन्द भएको छ । हिंसासम्बन्धी स्टाटसका कारण उनको अकाउन्ट २४ घण्टाका लागि बन्द गरिएको हो।

फेसबुकले राष्ट्रपति डोनाल्ड ट्रम्प फेसबुकका दुई नीति विपरित गएकाले अकाउन्ट बन्द गर्नुपरेको जनाएको छ। नीति विपरीत गएकाले २४ घण्टासम्म पोस्ट गर्न नपाउने फेसबुकले जनाएको छ।

ट्वीटरले पनि ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदिएको छ। चुनाव सम्बन्धी ट्वीटका कारण उनको अकाउन्ट बन्द गर्नुपरेको ट्वीटरले जनाएको छ। ट्वीटरले भनेको छ, ‘वासिंटन डीसीमा भएको हिंसक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्वीट हटाउनुपर्नेछ। यो ट्वीट हाम्रो नीति विपरीत रहेका छन्।’

ट्वीटरले आफ्ना नीति विपरितका ट्वीट नहटाए राष्ट्रपति ट्रम्पले ट्वीट गर्न नपाउने बताएको छ। ट्वीटरले नागरिक अखण्डता वा हिंस्रक धम्की नीतिहरूसहित ट्वीटर नियमहरूको उल्लङ्घन गर्दै लगातार ट्वीट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चेतावनी पनि दिएको छ।

राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको छ। गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १० : १३ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर