कुवेतबाट सात नेपालीको उद्धार « Khabarhub

कुवेतबाट सात नेपालीको उद्धार


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कुवेतमा विभिन्न कम्पनीमा अलपत्र परेका ७ नेपालीको उद्धार गरिएको छ । गत वर्ष मार्चबाट नै कोरोनाका कारण कम्पनी बन्द भएको र खुलेपछि पनि कम्पनीले काम नदिएपछि अलपत्र परेका ६ पुरुष र १ महिला उद्धार गरी स्वदेश पठाइएको गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका आइसीसी सदस्य अमित चामलिङ राईले जानकारी दिए ।

उद्धार गरी स्वदेश फर्किनेहरुमा विशनबहादुर खत्री, लक्ष्मनबहादुर ढकाल, मिलनकुमार तामाङ, रामबहादुर तामाङ, विजय ग्याबक, अमर ढकाल र शान्ति बिक रहेका छन् ।

उनीहरुलाई गैरआवसीय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहकार्यमा एनआरएनए एनसीसी कुवेतले पीसीआर परीक्षण गरी नेपालसम्मको हवाइ टिकट र काठमाडौँदेखि घरसम्मको खर्चको व्यवस्था गरी जजिरा एयरको उडानमार्फत बुधबार स्वदेश फर्काइएको आइसीसी सदस्य राईले बताए ।

साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

नेपाल फर्कनेको हवाई टिकट, पीसीआर परीक्षण, ईलिगल भई समस्या परेकालाई सहयोग गरी काठमाडौँ बिमानस्थलदेखि घरसम्म पुग्ने खर्च समेत व्यवस्था गरिने एनआरएनए कुवेतले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १० : ५५ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान