प्रधानमन्त्रीको कार्यशैली सुधार्न मैले धेरै कोशिस गरेँ, तर सकिन– वामदेव गौतम (भिडियोसहित) | Khabarhub Khabarhub

प्रधानमन्त्रीको कार्यशैली सुधार्न मैले धेरै कोशिस गरेँ, तर सकिन– वामदेव गौतम (भिडियोसहित)

'पार्टीको समस्या प्रधानमन्त्री ओलीका कारण आएको हो'


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले पार्टीमा देखिएको समस्या प्रधानमन्त्री कारण सिर्जना भएको बताएका छन् ।

प्रधानमन्त्रीको कार्यशैलीका कारण नेकपा अहिलेको अबस्थामा आएको उनको भनाइ छ । राष्ट्रियसभाको आजको बैठकमा विषय समय लिएर बोल्दै नेता गौतमले भने, ‘पार्टीको सचिवालयको सदस्यको नाताले मैले नेताको कार्यशैलीका विषयमा धेरै विषय उठाए । कार्यशैली सुधार गर्न मैले धेरै कोशिस गरेँ । तर सकिन ।’

पार्टीभित्र आफु सँधै विरोधीजस्तो भएर देखिएको भन्दै उनले अविश्वासको प्रस्ताव दर्ता हुने अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेसमेत बताए ।

उनले भने, ‘अविश्वासको प्रस्तावमार्फत् आफ्नै पार्टीको नेतालाई आउला भन्ने लागेको थिएन । पार्टी एकता जोगाउनका लागि मैले अविश्वासको प्रस्तावलाई यसअघि मैले फेल गराएको थिए । आरोपपत्र पेश हुँदा पनि सुधारका निम्ति सम्भव उपाय हुनसक्छ भनेर भनेको थिए । अविश्वासको प्रस्ताव ल्याउँदा मलाई थाहा थिएन ।’

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने विषय आफूले थाहा नपाएको भन्दै उनले भने, ‘५ गते अविश्वासको प्रस्ताव आउने कुरा मलाई थाहा थिएन । प्रधानमन्त्रीको कार्यशैलीका कारण पार्टीमा विभाजन आएको हो ।’

प्रधानमन्त्रीको कार्यशैलीको विषयमा आफुले धेरैपटक सुझाव दिएको भएपनि कार्यान्वयन हुननसकेको उनले गुनासो गरे । उनले भने, ‘धेरैपटक मेले सुझाव दिएँ प्रधानमन्त्रीलाई । कति मेरा सुझाव ग्रहण गर्नुभयो वा गर्नुभएन । यसपटक प्रतिनिधिसभा भंग गर्दा कम्युनिष्ट आन्दोलनको योद्धा भएका कारणले नेकपा एमालेभित्र पार्टी सदस्यता निर्माण गर्ने नेतामध्ये एक हुँ । कठिन परिस्थितिमा हामीले पार्टी निर्माण गरेको हो ।’

प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव संसदमा आए त्यो दुर्भाग्यपुर्ण हुने बताएको भन्दै उनले भने, ‘मलाई अविश्वासद्वारा बर्खास्त गर्ने काम भयो भने दुर्भाग्यपुर्ण हुन्छ भनेर मलाई धेरैपटक भन्नुभएको थियो । पार्टी जोगाउनका निम्ति अन्तिमपटक समेत प्रधानमन्त्रीसँग समय थियो । म प्रधानमन्त्री भएको भए अविश्वासको प्रस्ताव दर्ता गर्नुभन्दा पहिला नै राजीनामा दिन्थे । त्यसले मेहनत गरेर बनाएको पार्टी समेत जोगिने अबस्था बन्थ्यो ।’

हेरौँ भिडियो

संसद विघटनविरुद्धको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको भन्दै उनले त्यसको निरुपण नहुँदासम्म आफु कुनै पनि विषयमा नबोल्ने बातए । उनले भने, ‘अहिले सर्वोच्चमा मुद्धा विचाराधीन रहेका कारण म चुप लागेको छु । यो विषय संवैधानिक विषय हो भनिसकेपछि पुर्नस्थापना नै गरेछ भनेर असंवैधानिक हो त्यसैले पुर्नस्थापना भयो भन्ने छैन । यो संवैधानिक इजलाशको विषय भइसकेकाले म यो विषयमा अहिलेसम्म बोलेको छैन ।’

‘राजनीतिक रुपमा जनताको बहुदलीय जनवादका पक्षमा छु । तर अहिले त्यो पेण्डिङमा छ । आज हाम्रो पार्टी दुई समूहमा विभाजित छ । तर म कुनै पनि समूहमा छैन । किनभने ३ वर्षमै विभाजन गर्नुथियो भने किन एकता गरेको ? पार्टीभित्र अन्तरसंघर्ष भइरहन्छ, अन्तरसंघर्षबाट कुनै पनि राजनीतिक पार्टी नहुने होइन । त्यसमा नेताले निकास दिनुपर्छ । नेकपा राजनीतिक रुपमा विभाजित भएपनि कानूनी रुपमा के हुन्छ थाहा छैन,’ गौतमले भने ।

पार्टी एकताका लागि पहल गरिरहेको भन्दै उनले भने, ‘फेरि एकताका लागि समेत पहल गरिरहेको छु । संरचना समेत निर्माण गरेर जाने पक्षमा छु । पार्टीको बीचमा एकता अपरिहार्य छ । अबस्था कस्तो छ भने दुई समूहका मुख्य नेताहरु नै समाजवादी सभ्यता र संस्कृति निर्माण गर्नेहरुलाई लाजलाग्ने अवस्था छ । ’

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  २ : १३ बजे

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त

मनसुनको अवस्था अद्यावधिकः मधेशमा सरदरभन्दा कम वर्षा हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती – बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी