‘ओली प्रवृत्ति’ले लोकतन्त्र र संविधान संकटमा : अध्यक्ष नेपाल  « Khabarhub

‘ओली प्रवृत्ति’ले लोकतन्त्र र संविधान संकटमा : अध्यक्ष नेपाल 


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘दाहाल-नेपाल’ समूहका अध्यक्ष माधवकुमार नेलालले ओली प्रवृत्तिले अहिलेको समस्या निम्तिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध भएको नागरिक समाजसँगको अन्तक्रिया उनले ओली प्रवृत्तिकै कारण लोकतन्त्र र संविधान खतरामा पुगेको आरोप लगाए ।

‘प्रधानमन्त्री ओलीले गर्दा अहिलेको समस्या आएको होइन। ओली प्रवृत्तिले समस्या निम्त्याएको हो। केपी प्रवृत्तिले लोकतन्त्र र संविधानमा समेत धावा बोलेको छ’ उनले भने, ‘ओली प्रवृत्तिकै कारणले अहिलेसम्म प्राप्त उपलब्धि संकटमा पुगेको छ।’

प्रधानमन्त्री ओलीले पार्टीको विधि र पद्धतिमा नचलेको कारणले पार्टीमा समस्या भएको उनले बताए। प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदमविरुद्ध सबै एकजुट भएर लाग्न समेत उनले आग्रह गरे।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ६ : ०२ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी