‘दाहाल-नेपाल’ निकट अनेरास्ववियुद्वारा काठमाडौँमा प्रधानमन्त्रीको पुत्ला दहन (भिडियोसहित) « Khabarhub

‘दाहाल-नेपाल’ निकट अनेरास्ववियुद्वारा काठमाडौँमा प्रधानमन्त्रीको पुत्ला दहन (भिडियोसहित)


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा ‘दाहाल-नेपाल’ निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौँमा प्रदर्शन गरेको छ ।

अनेरास्ववियुका कार्यकर्ताहरुले काठमाडौंको नयाँबानेश्वरस्थित निषेधीत क्षेत्र प्रदर्शन गरेका हुन ।

संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेका उनीहरुले बिहीबार अपराह्न बानेश्वरमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन ।

हेरौँ भिडियो

मिनभवनस्थित कमर्स क्याम्पसबाट प्रदर्शन गर्दै बानेश्वर पुगेर उनीहरुले पुत्ला दहन गरेका थिए ।

उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसलगतै उनीहरुले क्याम्पसबाहिर पनि प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।

त्यस्तै बिहीबार नै काठमाडौंको प्रदर्शनीमार्ग पनि अनेरास्ववियुका कार्यकर्ताहरुले मसाल जुलुस निकाल्नुका साथै प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

रत्नराज्य लक्ष्मी क्याम्पसबाट प्रदर्शन गर्दै उनीहरुले प्रदर्शनीमार्गमा पुत्ला दहन गरेका हुन । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनमा उनीहरुले संसद बिघटन असंवैधानिक भएको भन्दै निरन्तर आन्दोलन गर्ने बताएका थिए ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ७ : ४२ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी