२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको जानकारी दिएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ४१२ संक्रमित थपिएका हुन ।

नयाँ संक्रमितहरुमा प्रदेश १ को झापामा ४, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५ र सुनसरीमा ८ जना रहेका छन् ।

यसैगरी प्रदेश २ को धनुषामा ५, पर्सामा १, महोत्तरीमा १, रौतहटमा १ र सप्तरीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बागमती प्रदेशको काठमाडौंमा मात्र १९८, काभ्रेमा ७, चितवनमा ८, धादिङमा १०, नुवाकोटमा २, भक्तपुरमा २५, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा २८, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा गण्डकी प्रदेशको कास्कीमा २५, गोरखामा २, नवलपरासी पूर्वमा २, लमजुङमा १, बागलुङमा ४ र स्याङजामा ३ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी सोही अवधिमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, गुल्मीमा २, दाङमा १, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा ३, बर्दियामा २, बाँकेमा ४, रोल्पामा ३ र रुपन्देहीमा २५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी कर्णाली प्रदेशको दैलेखमा ६ र हुम्लामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशमा सो अवधिमा कुनै पनि नयाँ संक्रमित फेला नपरेको मन्त्रालयले जनाएको छ ।

यस्तो छ तथ्यांक

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ७ : २६ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको