राष्ट्रपतिद्वारा भण्डारीद्वारा स्वीस राष्ट्रपतिलाई बधाई « Khabarhub

राष्ट्रपतिद्वारा भण्डारीद्वारा स्वीस राष्ट्रपतिलाई बधाई


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीस महासङ्घका राष्ट्रपतिको कार्यभार सम्हालेका गी पार्मेलिनलाई बधाई ज्ञापन गरेकी छिन ।

राष्ट्रपति भण्डारीले स्वीस समकक्षीलाई आज सन्देश पठाउँदै बधाई ज्ञापन गरेकी हुन ।

सन्देशमा राष्ट्रपति भण्डारीले सन् १९५६ मा नेपाल र स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीच निकट एवं हार्दिक सम्बन्ध कायम रहेको बताएकी छिन ।

नेपालको विकास प्रयासमा स्वीट्जरल्याण्डबाट प्राप्त सहयोगको राष्ट्रपति भण्डारीले सराहना गरेकी छिन ।

उनले आगामी दिनमा स्वीस राष्ट्रपतिसँग निकट सम्पर्कमा रहेर साझा चासोका विषयमा सहकार्य गर्ने इच्छा पनि सन्देशमा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ८ : ४५ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी