अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गरेको आरोपमा युवती पक्राउ « Khabarhub

अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गरेको आरोपमा युवती पक्राउ


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– अमेरिका पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग ५० लाख बढी ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

दैलेखका विभिन्न व्यक्तिहरुसँग अमेरिका पठाइदिने भन्दै ठगी गर्ने सुनसरीको इटहरी उप-महानगरपालिका-४ बस्ने २४ वर्षीया विद्या शर्मा नाम बताउने उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख पुगेकी उनले विभिन्न व्यतिहरुलाई ठगेको खुल्न आएको प्रहरीले जनाएको छ ।

आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटी नेपालको (सीइओ) बताउँदै उनले आफ्नो अमेरिकाको भिसा पनि लागेकाले ८-१० जना लान सकिने भन्दै विभन्न व्यक्तिसँग ५२ लाख ४ हजार १० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ११ : ०० बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी