कोरोनाविरूद्धको खोप लगाउन अमेरिकामा सेना परिचालन गरिने « Khabarhub

कोरोनाविरूद्धको खोप लगाउन अमेरिकामा सेना परिचालन गरिने


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राज्य अमेरिकाले कोभिड- १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको भएको छ ।

पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जानेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सङ्क्रमण कम गर्न खोप अभियान जारी छ ।

फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई अमेरिकी रक्षा मन्त्रालयले स्वीकार गरेको प्राप्त समाचारमा जनाइएको छ ।

अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेका थिए । अस्टिनले सो अनुरोध स्वीकार गरेको समाचारमा जनाइएको छ ।

अब अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार ११० जना सैनिक खटाउने छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई खोप दिने घोषणा गरेका थिए । सो प्रयोजनका लागि कम्तीमा पनि १०० वटा खोप केन्द्रहरु सार्वजनिक स्थलहरुमा राखिने छ ।

यस प्रयोजनका लागि सैनिक चिकित्सकहरु र स्वास्थ्यकर्मीहरु खटाइने अधिकारीहरुले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : १० बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर