मुख्यमन्त्री राईविरूद्धको अविश्वास प्रस्ताव टेवल गर्न दाहाल-नेपाल समूहको दबाब « Khabarhub

मुख्यमन्त्री राईविरूद्धको अविश्वास प्रस्ताव टेवल गर्न दाहाल-नेपाल समूहको दबाब


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेश १ सभा बैठक आज बस्दैछ ।

नेकपा विभाजनपछिको विवादले प्रदेश १ सरकार संकटमा छ । दाहाल-नेपाल समूहले आजको बैठकमा मुख्यमन्त्री राईविरूद्धको अविश्वासको प्रस्ताव टेबल हुनुपर्ने दबाब दिएको छ ।

दुई समूहको विवादकै कारण गत माघ ७ मा करिब ३ मिनेट  बैठक बसेर स्थगित गरिएको थियो ।

दिउँसो २ बजे डाकिएको बैठकअघि कार्यसूची तयार गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

ओली समूहले कारबाही गरिएका १६ जना प्रदेशसभा सदस्यलाई प्रदेशसभा भवनमा प्रवेश नै गर्न दिन नहुने अडान लिदै आएको छ । यदि कारबाही गरिएको समूहले बैठकमा प्रवेश पाए सभाको कामकारबाही नै अगाडि बढाउने नदिने ओली समूहको तयारी छ ।

कारवाही गरिएका सदस्य बैठकमा उपस्थित भए सत्ता पक्षका सांसदले उठेर नियमापत्त गर्ने नेकपा प्रदेश- १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी बताए ।

दाहाल-नेपाल समूहका प्रदेशसभा सदस्य जीवन घिमिरेले भने माघ ७ मा नै सबै प्रदेशसभा सदस्य बैठकमा सहभागी भइसकेकाले कारबाही गरिएको भन्ने विषय नै अन्त्य भइसकेको बताउँछन् ।

कारवाहीको विषय झिकेर बखेडा झिक्न नमिल्ने घिमिरेले बताए ।

गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध नेकपाको दाहाल–नेपाल समूहका ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये पाँच जनाले भने  हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि नेकपाले नेतृत्व गरेका प्रदेश सरकार पनि संकटमा परेका छन् । दाहाल-नेपाल समूहको बहुमत रहेका प्रदेशसभामा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएका छन् । बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ९ : ५५ बजे

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन