मुख्यमन्त्री राईविरूद्धको अविश्वास प्रस्ताव टेवल गर्न दाहाल-नेपाल समूहको दबाब « Khabarhub

मुख्यमन्त्री राईविरूद्धको अविश्वास प्रस्ताव टेवल गर्न दाहाल-नेपाल समूहको दबाब


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेश १ सभा बैठक आज बस्दैछ ।

नेकपा विभाजनपछिको विवादले प्रदेश १ सरकार संकटमा छ । दाहाल-नेपाल समूहले आजको बैठकमा मुख्यमन्त्री राईविरूद्धको अविश्वासको प्रस्ताव टेबल हुनुपर्ने दबाब दिएको छ ।

दुई समूहको विवादकै कारण गत माघ ७ मा करिब ३ मिनेट  बैठक बसेर स्थगित गरिएको थियो ।

दिउँसो २ बजे डाकिएको बैठकअघि कार्यसूची तयार गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

ओली समूहले कारबाही गरिएका १६ जना प्रदेशसभा सदस्यलाई प्रदेशसभा भवनमा प्रवेश नै गर्न दिन नहुने अडान लिदै आएको छ । यदि कारबाही गरिएको समूहले बैठकमा प्रवेश पाए सभाको कामकारबाही नै अगाडि बढाउने नदिने ओली समूहको तयारी छ ।

कारवाही गरिएका सदस्य बैठकमा उपस्थित भए सत्ता पक्षका सांसदले उठेर नियमापत्त गर्ने नेकपा प्रदेश- १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी बताए ।

दाहाल-नेपाल समूहका प्रदेशसभा सदस्य जीवन घिमिरेले भने माघ ७ मा नै सबै प्रदेशसभा सदस्य बैठकमा सहभागी भइसकेकाले कारबाही गरिएको भन्ने विषय नै अन्त्य भइसकेको बताउँछन् ।

कारवाहीको विषय झिकेर बखेडा झिक्न नमिल्ने घिमिरेले बताए ।

गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध नेकपाको दाहाल–नेपाल समूहका ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये पाँच जनाले भने  हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि नेकपाले नेतृत्व गरेका प्रदेश सरकार पनि संकटमा परेका छन् । दाहाल-नेपाल समूहको बहुमत रहेका प्रदेशसभामा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएका छन् । बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ९ : ५५ बजे

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण

जलेश्वर– प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई