छिमेकीलाई छुरा प्रहार गर्ने युवा पक्राउ « Khabarhub

छिमेकीलाई छुरा प्रहार गर्ने युवा पक्राउ


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको बेलबारीमा छिमेकीलाई छुरा प्रहार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय २४ वर्षीय दिनेश दाहाललाई पेटमा छुरा प्रहार गरेर फरार भएका बेलबारी नगरपालिका–२ का २२ वर्षीय अनिल उराउलाई प्रहरिले पक्राउ गरेको हो ।

आफूलाई गालीगलौज गरेको भन्दै उराउले दाहालको पेटमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहालको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १२ : १५ बजे

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध