रेल र सुरुङ निर्माण प्रधानमन्त्रीको सोच : मुख्य सल्लाहकार रिमाल | Khabarhub Khabarhub

रेल र सुरुङ निर्माण प्रधानमन्त्रीको सोच : मुख्य सल्लाहकार रिमाल


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देशभर आकर्षण रहेको बताएका छन् ।

समकालीन नेताहरुमा समृद्धि र विकासका लागि नयाँनयाँ योजना र कार्यक्रम ल्याउन सक्ने सोचका आधारमा ओली सबैभन्दा अब्बल भएको उनको तर्क थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको शनिबार आयोजित कार्यकर्ता भेलामा नेकपा स्थायी कमिटीका सदस्य रिमालले शुक्रबार काठमाडौँमा आयोजित पार्टीको जनसभामा देखिएको उत्साहजनक उपस्थितिले पनि अध्यक्ष एवं प्रधानमन्त्री ओलीका पक्षमा कार्यकर्ता र जनताको समर्थन देखिएको बताए ।

उनले केरुङ–काठमाडौँ रेलमार्गको सर्वेक्षण, गल्छी –त्रिशूली सडकको स्तरोन्नति, टोखा छहरे–सुरुङमार्गको परिकल्पना आदि राष्ट्रियता महत्वका आयोजनाका कारण नुवाकोट सामरिक महत्वको जिल्लाका रुपमा विकास भएकाले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानमा पार्टीलाई विजयी गराउन आग्रह गरे ।

नेता रिमालले निर्वाचन चिह्न र पार्टीको आधिकारिता ओली नेतृत्वकै पार्टीले पाउने र तोकिएको मितिमा निर्वाचन हुने बताउँदै निर्धक्क भएर त्यसको तयारीमा लाग्न आग्रह गरिन ।

नेकपा वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले अस्थिरता र अराजकताविरुद्ध प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गराई निर्वाचन घोषणा गरेकाले पार्टीमा विवाद सिर्जना गरेर विरोध गर्नेहरुको आन्दोलनमा जनताको साथ नरहेको जिकिर गरे ।

नेकपाका केन्द्रीय सदस्य केशवराज पाण्डेले पार्टी छाडेर जानेहरुले या यही पार्टीमा निःशर्त फर्कनुपर्ने या राजनीतिबाट सन्न्यास लिनुपर्ने स्थिति आउने ठोकुवा गरे ।

नेकपामा नवप्रवेशी कमानसिंह लामाले आफू पार्टीमा कुनै पद र स्वार्थका लागि नभई प्रधानमन्त्री ओलीको राष्ट्रियताप्रतिको अडानलाई सघाउन प्रवेश गरेको बताए । भेलाले उत्तम तिमिल्सनाका अध्यक्षतामा मञ्चको नेतृत्व पुनः गठन गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १२ : ३० बजे

केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा

काठमाडौं– आइतबारबाट काठमाडौंमा सुरु हुने तेश्रो संस्करणको केपी ओली कप

परराष्ट्रमन्त्री डा देउवा जेनेभा प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ

विवाह भोजमा गएका युवकको हत्या, ३ जनाविरुद्ध मुद्दा दर्ता 

धनगढी – विवाहको भोज खान गएका युवकको कुटपिटबाट मृत्यु भएपछि

कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको अवस्था बदल्न सहयोग

इरानी संसदीय अध्यक्ष नसरल्लाहको अन्त्येष्टिमा सहभागी हुने

एजेन्सी – इरानका संसदीय अध्यक्ष मोहम्मद बाघेर गालिबफ हिजबुल्लाहका लामो