रेल र सुरुङ निर्माण प्रधानमन्त्रीको सोच : मुख्य सल्लाहकार रिमाल « Khabarhub

रेल र सुरुङ निर्माण प्रधानमन्त्रीको सोच : मुख्य सल्लाहकार रिमाल


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देशभर आकर्षण रहेको बताएका छन् ।

समकालीन नेताहरुमा समृद्धि र विकासका लागि नयाँनयाँ योजना र कार्यक्रम ल्याउन सक्ने सोचका आधारमा ओली सबैभन्दा अब्बल भएको उनको तर्क थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको शनिबार आयोजित कार्यकर्ता भेलामा नेकपा स्थायी कमिटीका सदस्य रिमालले शुक्रबार काठमाडौँमा आयोजित पार्टीको जनसभामा देखिएको उत्साहजनक उपस्थितिले पनि अध्यक्ष एवं प्रधानमन्त्री ओलीका पक्षमा कार्यकर्ता र जनताको समर्थन देखिएको बताए ।

उनले केरुङ–काठमाडौँ रेलमार्गको सर्वेक्षण, गल्छी –त्रिशूली सडकको स्तरोन्नति, टोखा छहरे–सुरुङमार्गको परिकल्पना आदि राष्ट्रियता महत्वका आयोजनाका कारण नुवाकोट सामरिक महत्वको जिल्लाका रुपमा विकास भएकाले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानमा पार्टीलाई विजयी गराउन आग्रह गरे ।

नेता रिमालले निर्वाचन चिह्न र पार्टीको आधिकारिता ओली नेतृत्वकै पार्टीले पाउने र तोकिएको मितिमा निर्वाचन हुने बताउँदै निर्धक्क भएर त्यसको तयारीमा लाग्न आग्रह गरिन ।

नेकपा वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले अस्थिरता र अराजकताविरुद्ध प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गराई निर्वाचन घोषणा गरेकाले पार्टीमा विवाद सिर्जना गरेर विरोध गर्नेहरुको आन्दोलनमा जनताको साथ नरहेको जिकिर गरे ।

नेकपाका केन्द्रीय सदस्य केशवराज पाण्डेले पार्टी छाडेर जानेहरुले या यही पार्टीमा निःशर्त फर्कनुपर्ने या राजनीतिबाट सन्न्यास लिनुपर्ने स्थिति आउने ठोकुवा गरे ।

नेकपामा नवप्रवेशी कमानसिंह लामाले आफू पार्टीमा कुनै पद र स्वार्थका लागि नभई प्रधानमन्त्री ओलीको राष्ट्रियताप्रतिको अडानलाई सघाउन प्रवेश गरेको बताए । भेलाले उत्तम तिमिल्सनाका अध्यक्षतामा मञ्चको नेतृत्व पुनः गठन गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १२ : ३० बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले